दैनिक व्यायाम गर्नाले दिन्छ १७ लाख बराबरको खुसी !

दैनिक व्यायाम गर्नाले दिन्छ १७ लाख बराबरको खुसी !

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १०, २०७६

काठमाडौं, एजेन्सी । येल तथा अक्सफोर्ड युनिभसिर्टीका शोधकर्ताले १२ लाख मानिसमा गरेको एक अध्ययनले दैनिक व्यायामले पैसा कमाउनु भन्दा बढी खुशी दिने गरेकाे दावी गरिएकाे छ ।  

यस्ताे  खुशी लगभग १७ लाख रुपैयाँ कमाए सरह रहेको शोध पत्रमा उल्लेख छ ।

शोधपत्रमा शारीरिक रुपले सक्रिय मानिस त्यति नै खुशी महशुश गर्छन जति एक वर्षमा १७ लाख कमाउनेले गर्छन् । 

शोधकर्ताले शोधमा सहभागिको आयको बारेमा सोधेर उसको मनपर्ने शारीरिक व्यायाम छनौट गर्न भनेका थिए ।

यसमा लनको सफाई देखि लिएर केटाकेटी हेर्ने तथा साइक्लिंग, वेट लिफ्टिंग तथा रनिंग शामेल थिए । साथै सहभागिलाई अन्य अहम सवाल पनि गरिएको थियो जस्तै, पछिल्लो १० दिनमा उ कत्तिको थाकेको छ चाहे त्यो थकान स्ट्रेस, डिप्रेशन वा अरु कुनै समस्याका कारण भएको होस । 

शोधकर्ताले अध्ययनमा के पाए भने दैनिक काममा गर्ने मानिसले एक वर्षमा आफूलाई ३५ दिन सम्म थकान महशुश गरेको पाइयो । जबकि व्यायाम नगर्ने मानिसले ५८ दिन थकान महशुश गरेको पाइयो । 

येल युनिभर्सिटीका एडम चेकराउंड भन्छन -हद भन्दा ज्यादा व्यायाम गर्ने मानिसको स्वास्थ्यमा पनि उल्टो असर पर्न सक्छ किनकि शारीरिक क्रियाकलापले एक सीमित समयसम्म मात्र मानसिक स्वास्थ्यलाई राम्रो बनाउन सक्छ । जस्तो,  हप्तामा ३० देखि ६० मिनेटसम्मका तीनदेखि पाँच ट्रेनिंग सेशन।

शोधमा तीन घंटाभन्दा बढी व्यायाम गर्ने सहभागिको मूड थोरै क्रियाशील रहने मानिसको भन्दा खराब पाइयो ।

मूड फ्रेश हुने व्यायाममा एरोबिक्स, साइक्लिंग तथा जिम शामेल थिए । शोधको निष्कर्षमा भनिएको छ कि व्यायाम गर्दा पनि आफ्नो मनपर्ने व्यायाम गर्दा राम्रो हुन्छ ।