संसारको पहिलो एस्ट्रो भिलेज, दैनिक १० पर्यटक 'स्काई वाचिङ'का लागि अउँछन्

संसारको पहिलो एस्ट्रो भिलेज, दैनिक १० पर्यटक 'स्काई वाचिङ'का लागि अउँछन्

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १०, २०७६

काठमाडौं, एजेन्सी ।  भारतकाे लद्दाखमा सम्भवतः संसारको पहिलो एस्ट्रो भिलेज निर्माण गरी सञ्चालनमा ल्याइएकाे छ ।

यसमा ५ वटा होमस्टे पनि रहेका छन् । यसको संचालन १५ गाउँका ३० महिलाले  गरिरहेका छन् । 

 लद्दाख आफ्नो उचाई तथा सुक्खा जलवायुका कारण एस्ट्रोनोमीका लागि एकदम सही क्षेत्र मानिन्छ ।

यहांबाट राती आकाशमा तारा तथा ग्रह सजिलै चिन्न सकिन्छ ।

पहिलेदेखि नै लद्दाख हिमाच्छादित पर्वत श्रृखंलाका कारण पर्यटकको आकर्षणको रुपमा रहँदै आएको थियाे ।

अब एस्ट्रो भिलेजका कारण पर्यटकको संख्या अझ बढ्ने अनुमान गरिएको छ । त्यहाँका स्थानीयले लद्दाखमा हुने रात्रीकालिन आकाशलाई पनि संसाधनको रूप लिएका छन् । यो पनि एक किसिमले राजगारीको माध्यम हुने ठानेर एस्ट्रो होमस्टेको विकास गरिएको हो ।

सामाजिक संस्था ग्लोबल हिमालयन एक्सपेडिशनले २०१३ मा स्थानीयलाई एस्ट्रो होमस्टे बनाउने बाटो देखाएको थियो । संस्थाले इंटरनेशनल एस्ट्रोनमिकल युनियनका साथ यो योजनामा काम गर्न थालेको हो । योजनाको नाम एस्ट्रोनमी फर हिमालयन लाइभलीहुड रहेको छ ।

संस्थाले पहिले एस्ट्रो भिलेजमा होमस्टे बनायो । त्यसपछि स्थानीय महिलालाई यसलाई चलाउनका लागि तालिम दिइएको थियो । अब यी महिलाहरु टेलीस्कोप चलाउन जान्ने भएका छन् । साथै यिनलाई आकाशीय घटनाका बारेमा पनि राम्रो ज्ञान प्राप्त भएको छ । यिनहिरुले पर्यटकलाई बस्ने व्यवस्था पनि मिलाउनेछन् । यसै सन्र्दभमा माउंटेन होमस्टेजले पनि लद्दाखको गाउँमा एस्ट्रो होमस्टे बनाएको छ ।

लद्दाखको पहिलो एस्ट्रो होमस्टे पैंगोंग टीसो मान गाउँमा बनाइएको छ । मान गाउँका ४ महिलाको यसका लागि तालिम पनि दिइएको छ । यहां १० इंचको अटोमेटिक ट्रैकिंग टेलीस्कोप पनि छ । पछिल्लो २ महिनामा २ सय भन्दा अधिक पर्यटक यहां  आउने गरेका छन् । यसबाट ५० हजार रुपैयाँ आम्दानी भएको छ । यहां हरेक दिन १० पर्यटक नाइट स्काई वचिंगका लागि आउने गरेका छन् ।