हेर्नुहोस् चन्द्रमाका खाडल

हेर्नुहोस् चन्द्रमाका खाडल

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  भदौ १०, २०७६

 भारतीय चन्द्रयान–२ ले चन्द्र सतहको नयाँ तस्वीर पठाएको छ । यी तस्वीर चन्द्रयानले चन्द्र धरातलबाट ४,३७५ किमि माथिबाट परिक्रमा गर्दै खिचेका हुन ।

काठमाडौँ, इसरो  ट्विटर । चन्द्रयान–२ को ल्याण्डिग गर्ने दिन नजिकिदै जाँदा इसरोका वैज्ञानिकले यसको गतिविधि तिव्र बनाउँदै गइरहेका छन ।

यसक्रममा इसरोका वैज्ञानिकले चन्द्रयान–२ मा रहेको टेरैन म्यापिंग क्यामरा–२ ९त्ःऋ(२० संचालित गरेर चन्द्रधरातलको तस्वीर  लिएको हो ।  इसरोले २६ अगष्टमा आफ्नो आधिकारिक ट्विटर ह्याण्डलबाट यी तस्वीर सार्वजनिक गरेको हो ।

चन्द्रयान–२ ले खिचेको चन्द्रधरातलको यस तस्वीरमा ज्याक्सन, मच, कोरलेभ र मित्र के्रटर देखिएका छन् । चन्द्रसतहमा ठूलठूला खाडल रहेका छन । पृथ्वीका वैज्ञानिकले यी खाडललाई क्रेटर भन्ने गर्छन । प्रायः चन्द्र खाडलको नाम चन्द्रयात्री र वैज्ञानिकको नाम राख्ने गरिन्छ ।

चन्द्रयानले पठाएको चित्रमा देखिएको ज्याकसन क्रेटर चन्द्रमाको दक्षिणी भागमा पर्छ । यस के्रटरको व्यास ७१ किमि रहेको छ ।

प्रसिद्ध भारतीय भौतिकशास्त्री शिशिरकुमार मित्रको नामवाट ‘मित्र क्रेटर’  नामाकरण गरिएको खाडलको व्यास ९२ किमि रहेको छ ।

चित्रमा देखिएको कोरोलेभ  क्रेटरको व्यास ४३७ किमि रहेको छ । यस क्रेटर वरिपरि थुप्रै स–साना क्रेटर रहेका छन ।

समरफिड नामको क्रेटरको व्यास १६९ किमि ५ र यो  चन्द्रमाको उत्तरीभागमा अवस्थित छ । यो क्रेटर पर्वतश्रृंखलाबाट घेरिएको छ । यसको नाम प्रसिद्ध जर्मन भौतिकशास्त्री डा.अर्नौल्ड समरफील्डको नाममा राखिएको हो । डा. अर्नौल्ड ख्यातिलब्ध अणुविज्ञ र क्वाण्टम फिजिक्सका महान ज्ञात थिए ।

यसैगरि चित्रमा देखिएको किर्कवुड क्रेटरको नाम प्रसिद्ध अमेरिकी अन्तरिक्ष यात्री डेनियल किर्कवुडको सम्मानमा राखिएको हो । यस क्रेटरको व्यास ६८ किमि रहेको छ ।

चन्द्रसतहमा रहेका अन्य क्रेटर– प्लासकेट (१०९ किमि)  रोह्रडेस्टेवेन्सिकी (१७७ किमि) र हर्मिट के्रटर ब्रहमाण्ड कै चिसो ठाउँमा पर्छन । यहाँको तापमान २५ केल्भिन अर्थात  माइनस २४८ डिग्री सेल्सियससम्म हुन्छ ।

इसरोको अनुसार चन्द्रयान–२ को भौतिक अवस्था राम्रो छ । वैज्ञानिकहरुले २८ अगष्टमा पुनः यसको आर्बिट परिवर्तन गरी यसलाई चन्द्रसतहको झनै नजिक पु¥याउने कार्यक्रम छ ।

चन्द्रयान–२ ले ७ सेप्टेम्बरमा चन्द्रअवतरण गर्ने छ ।