‘जर्नल अफ नेप्लिज् स्टडिज्’काे १२ औं  अङ्क प्रकाशित

‘जर्नल अफ नेप्लिज् स्टडिज्’काे १२ औं  अङ्क प्रकाशित

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ ११, २०७६

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा अङ्ग्रेजी भाषामा अर्धवार्षिक रूपमा प्रकाशन हुँदै आएको जर्नल ‘जर्नल अफ नेप्लिज् स्टडिज्’को नयाँ अङ्क ९१२० प्रकाशित भएको   प्रतिष्ठानले जनाएकाे छ ।

जर्नलको प्रधान सम्पादकमा कुलपति गङ्गाप्रसाद उप्रेती, सम्पादकमा उपकुलपति डा. जगमान गुरुङ, प्रा.डा. त्रिरत्न मानन्धर र प्रा.डा. कृष्णचन्द्र शर्माका साथै कार्यकारी सम्पादकमा प्रा.डा.  योगेन्द्रप्रसाद यादव र अतिथि सम्पादकमा प्रा.डा. गोविन्दराज भट्टराई रहनुभएको छ ।

जर्नलको यस अङ्कमा वाङ्मयका विविध विधामाथि लेखिएका १२ जना विद्वान्का अनुसन्धानात्मक लेखहरू समाविष्ट गरिएको प्रतिष्ठानले जनाएकाे छ ।