विज्ञान चर्चा : भूमि भन्दा ठूलो

विज्ञान चर्चा : भूमि भन्दा ठूलो

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  माघ २४, २०७५

माथिको तस्बिर प्रशान्त महासागर पृथ्वीमा उपलब्ध रहेको सम्पूर्ण भूभाग भन्दा पनि ठुलो छ । यसको क्षेत्रफल १६ करोड ५२ लाख ५० हजार किमी२ सम्म फैलिएको छ । 

हुन त सम्पूर्ण पृथ्वीमा पानी कै साम्राज्य व्याप्त छ । १२ हजार ७ सय ४२ किमी. व्यास भएको पुरै पृथ्वीको कुल क्षेत्रफल ५१ करोड ७२ हजार किमी.२ मध्ये ७०.८ प्रतिशत पानीले ओगटेको छ । यो कुल क्षेत्रफलको ३६ करोड ११ लाख ३२ हजार किमी२.हुन्छ । पृथ्वीमा भूभाग भने जम्मा २९.२ प्रतिशतले १४ करोड ८९ लाख ४० हजार  किमी२. रहेको छ । 

प्रशान्त महासागर मात्रैको हिसाब गर्दा यसले भू सतह भन्दा १ करोड ७३ लाख १० हजार किमी२ बढी क्षेत्रफल ओगटेको छ ।