६० वर्षसम्म खेल खेलेर ८५ वर्षमा सन्यास !

६० वर्षसम्म खेल खेलेर ८५ वर्षमा सन्यास !

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ ११, २०७६

काठमाडौं, एजेन्सी । वेस्टइंडीजका तेज बलर सेसिल राइटले ८५ वर्षको उमेरमा सन्यास लिएका छन् । उनी आगामी मंगलवार ७ सेप्टेम्बरका दिन अन्तिम म्याच खेल्दैछन् । 

राइटले जमैकाका लागि गैरी सोबर्स तथा वेस हल जस्ता दिग्गज खेलाडीका विरुद्ध प्रथम श्रेणीको म्याच खेलेका थिए । त्यसपछि उनी बेलायत गए । तीन वर्ष पछि सेंट्रल लैंकशायर लीगमा क्रोमप्टनका लागि पेशेवर क्रिकेटरका रुपमा आफ्नो करियर शुरू गरे ।  करियरसँगै उनले बेलायत बस्ने निर्णय गरे । 

राइटले आफ्नो ६० वर्षको करियरमा ७ हजार भन्दा धेरै विकेट लिए। एक समय यस्तो पनि आयो जुनबेला उनले केवल पांच सेशनमा ५३८ विकेट लिएका थिए । उक्त समयमा उनको औसत एक विकेट प्रत्येक २८  बल बराबर रहेको थियो । 

राइटले भने, ‘मलाई थाहा छैन मेरो करियर यति लामो कसरी भयो । म यसबारेमा केही भन्न सक्दिन् । यसमा यति मात्र भन्न सक्छु म खानमा जे पनि खान्थें तर रक्सि भने कहिले पनि धेरै खाएको छैन । बियर भने कहिलेकाँही खाने गरेको थिएँ । यसका अलावा मलाई लैंकशायरको खाना एकदमै मन पथ्र्यो । यो उमेरमा पनि म यसकारण नै फिट छु किनकि म दैनिक व्यायाम गर्ने गर्छु ।’