दैनिक ५.६ लाख डलर कमाउने गायिका

दैनिक ५.६ लाख डलर कमाउने गायिका

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १२, २०७६

काठमाडौँ, एजेन्सी । फोर्ब्स पत्रिकाले सङ्गीतमा सबैभन्दा बढी कमाई गर्ने गायकगायीकाहरुको सूची  सार्वजनिक गरेको छ । 

जसमा सबैभन्दा धेरै कमाई गर्ने गायिकाका रूपमा ट्रेलर स्विफ्ट पहिलो नम्बरमा परेकी छन् । 

फोर्ब्सका अनुसार, ‘हाइएस्ट पेड सेलिब्रेटी टेलरको वार्षिक कमाई १८५ मिलियन डलर रहेको छ । 

उनको एक दिनको कमाई ५।६ लाख डलर रहेको छ । 

फोर्ब्सको यो सूचीमा बियोंसे दोस्रो तथा रिहाना तेस्रो नम्बरमा रहेका छन् । 

फोर्ब्सले पछिल्लो महिना सबैभन्दा धेरै कमाई गर्ने ‘ग्लोबल सेलेब्स’को सूची जारी गरेको थियो ।

ट्रेलर स्विफ्टले यसमा पहिलो स्थानमा कब्जा जमाएकी हुन् । यो सूची भने केवल दुई महिलालाई स्थान प्राप्त भएको छ ।

जसमा ट्रेलर स्विफ्ट पछि दोस्रो नम्बरमा अमेरिकी रियालिटी स्टार तथा मोडेल काइली जेनर रहेकी थिइन् । 

 रिपोर्टका अनुसार, स्विफ्टसँग ९६० करोड भन्दा धेरैको स्थायी सम्पत्ति रहेको छ ।

उनीसँग चार वटा  अलग–अलग राज्यमा ८ वटा भन्दा धेरै स्थायी सम्पत्ति रहेको छ । टेलरले आफ्नो कमाइको ठुलो हिस्सा रियल स्टेटमा लगाएकी छन् ।