असुरक्षित, असफल तथा नकारात्मक सोच भएकाहरू सामाजिक सञ्जालमा 'सेल्फी' पोस्ट गर्छन् !

असुरक्षित, असफल तथा नकारात्मक सोच भएकाहरू सामाजिक सञ्जालमा 'सेल्फी' पोस्ट गर्छन् !

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १२, २०७६

काठमाडौं, एजेन्सी । वाशिंगटन स्टेट युनिभर्सिटीको  एकअध्ययनमा के दावी गरिएको छ भने अन्य व्यक्तिले खिचेको तस्वीर अपलोड गर्ने व्यक्ति धेरै आत्मविश्वासी तथा सफल हुन्छन् ।

जबकि, शोसल मिडियामा लगातार सेल्फी पोस्ट गर्नुको अर्थ त्यो व्यक्ति नयाँ चिज तथा नयाँ अनुभव गर्नका लागि तयार रहँदैनन् भन्ने निश्कर्ष  निकालेकाे छ । 

मुख्य शोधकर्ता तथा डब्ल्युएसयुका साइकोलजीका प्रोफेसर क्रिस बैरीका अनुसार, अध्ययनमा  सामान्य तस्वीर पोस्ट गर्नेको तुलनामा सेल्फी पोस्ट गर्नेहरु धेरै असुरक्षित, असफल तथा नकारात्मक भाव भएको भेटिए ।  

यस अध्ययनमा कलेजका विद्यार्थीलाई सहभागि गराइएको थियो । उनीहरुलाई दुई भागमा विभाजन गरिएको थियो । पहिलो समुहमा अण्डरग्रेजुएट विद्यार्थी थिए । उनीहरुलाई एउटा प्रश्नावली भर्न दिइयो तथा उनीहरुले पोस्ट गरेका ३० इंस्टाग्राम पोस्टको विश्लेषण गरियो । दोस्रो समूहमा पनि ११९ जना युनिभर्सिटीका विद्यार्थी थिए ।  

उनीहरुलाई पहिलो समूहको सहभागिको इंस्टाग्राम तस्वीरमाथि आत्मविश्वास, सफलता बहिर्मुखी स्वभावको आधारमा रेटिंग गर्न भनियो । 

अध्ययनबाट के थाहा भयो भने अरु व्यक्तिद्वारा खिचेको फोटो अपलोढ गर्ने व्यक्ति आत्मविश्वासी, सफल तथा बहिर्मुखी देखियो । भने शीशाको अघि बसेर सेल्फी लिेनेहरु नकारात्मक देखिए । बैरी भन्छन, हाम्रो अध्ययनको   प्रारम्भिक उद्देश्य मानिसले सेल्फी लिनु तथा उसको घमंडी स्वभावका बीचको संबंध पत्ता लगाउनु थियो । तर यो नतीजाले अध्ययनको दिशा नै बदलिदियो । 

अध्ययनपछि हामीलाई के जानकारी भयो भने शोसल मिडियामा रहेको प्रोफाइलले मानिस भलै खुशी होलान तर, अरु मानिसको राय भने यसका बारेमा अलग्गै हुने गरेको छ । 

दोस्रो समूहका सहभागिको उमेर पनि धेरै थियो । उनीहरुलाई पहिलो समूहका सहभागिको सेल्फी धेरै नकारात्मक लाग्यो ।

हामी यो भन्न सक्दैनौं कि सेल्फी लवर्स यो अध्ययन पछि सेल्फी पोस्ट गर्न बन्द गरुन । तर पोस्ट गर्नुपूर्व भने पक्कै एकपटक सोच्नेछन् ।