भारतको गुजरातमा  उड्ने कार उत्पादनको  सोच सार्वजनिक  !

भारतको गुजरातमा  उड्ने कार उत्पादनको  सोच सार्वजनिक  !

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १२, २०७६

काठमाडौं, एजेन्सी । डच कंपनी पाल–वीले आफ्नो उड़ने कारको उत्पादन गुजरातमा गर्ने सोच बनाएको छ ।

भारतीय राज्य गुजरातका मुख्यमंत्री विजय रूपाणीले पछिल्लो सप्ताह कम्पनीका सीईओ रोबर्ट डिंजेमेंसलाई गुजरातमा लगानीका लागि आमन्त्रण गरेको थिए ।

कम्पनीले एशियाको बजारका लागि योग्य उत्पादन स्थल खोजिरहेको सन्दर्भमा रुपाणीले सो आग्रह गरेका हुन् । 

वर्षको शुरुवातमा भएको भाइब्रेंट गुजरात समिटमा डच प्रतिनिधि मंडलमा डिंजेमेंस पनि शामेल भएका थिए ।

उनले २०२१ सम्ममा भारतमा उड़ने कार बनाएर बिक्री गर्ने चाहना व्यक्त गरेका थिए ।

कम्पनीले भारतमा यो क्षेत्रको कुशल साझेदारसँग मिलेर कार उत्पादन गर्ने  घोषणा समिटमा गरेका थिए । 

उद्योग मन्त्रालयले गुजरात सरकारमा कंपनीले लगानी गर्ने सन्दर्भमा सबै कुराकानी भएको जानकारी दिएका थिए ।

 यद्यपि कम्पनीले अन्य राज्यमा पनि सर्वे गरिरहेको  जानाकारी  दिएकाेछ ।

तर पनि कम्पनीले गुजरातका बारेमा सकारात्मक देखिएको  बताइएकाे छ ।