नेपाल भ्रमण वर्ष २०२० का सदस्यसचिव थापा २५ दिनदेखि कार्यालयमा अनुपस्थित

नेपाल भ्रमण वर्ष २०२० का सदस्यसचिव थापा २५ दिनदेखि कार्यालयमा अनुपस्थित

लोकसंवाद संवाददाता  |  पर्यटन  |  भदौ १२, २०७६

काठमाडौँ । नेपाल भ्रमण वर्ष, २०२० को कार्यक्रम कार्यन्वयन समितिका सदस्यसचिव श्रीमती नन्दिनी लेही थापा विगत २५ दिनदेखि कार्यालयमा नआउनु भएकोले भ्रमण वर्षको कार्यक्रम नै प्रभावित भइरहेको छ ।  

नेपाल सरकारले नेपाल भ्रमण वर्ष, २०२० मा बीसलाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । त्यसको लागि जुन खालको तयारी हुनुपर्ने थियो । त्यो हुन नसकेको भनेर व्यापक आलोचना भइरहेको समयमा उक्त समितिको सदस्य सचिवजस्तो जिम्मेवार पदाधिकारीको अनुपस्थितिको विषयलाई लिएर सचिवालयमा ठुलै परिचर्चा हुने गरेको छ । कार्यलयमा उपचारको लागि भनेर चारदिनको बिदा लिई दिल्ली तर्फ जानु भएको र २५ दिनसम्म बिना कुनै जानकारी कार्यालयमा अनुपस्थिति भएको सचिवालयका सदस्यले जानकारी दिएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा कार्यरत प्रबन्धक रोहनी खनालका अनुसार  सदस्य सचिव थापाले उपचारको लागि चार दिनको बिदा लिएर उपचारको नयाँ दिल्ली जानु भएको हो । खनालले भन्नुभयो ‘चार दिनको लागि बिदा लिएर जानुभएको हो । २४,२५ दिन भयो । अहिले दिल्लीमै आराम गरिरहेको फोन मार्फत जानकारी गराउनु भएको छ ।’
सदस्यसचिव कहिलेदेखि कार्यालयमा आउने भन्ने बारेमा आफूलाई जानकारी नभएको समेत बताउनु भयो ।