राहुल गान्धीलाई निर्वाचन क्षेत्रमा एक युवकद्वारा  'किस' !

राहुल गान्धीलाई निर्वाचन क्षेत्रमा एक युवकद्वारा  'किस' !

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १३, २०७६

काठमाडौं, एजेन्सी । भारतीय कांग्रेसका नेता तथा सांसद राहुल गांधी आफ्नो संसदीय क्षेत्र वायनाडको चार दिने भ्रमणमा रहेका छन् । उनी बाढी तथा भूस्खलन प्रभावित क्षेत्रको पनि भ्रमण गरिरहेका छन् । २७

अगस्टका दिन बुधवार उनी भेटघाटमा व्यस्त थिए । मानिसहरुसँग हात मिलाउँदै थिए । त्यतिकैमा एक जना युवक अचानक आए र राहुललाई किस गरे । युवकको यो व्यवहार पछि राहुल भने केवल हाँसिमात्र रहे । यस घटनाको भिडियो अहिले भाइरल भइरहेको छ । 

राहुलले २६ अगस्टका दिन मंगलवार मनंतावाडी तथा  तलापुझाको नजिकै चुंगम स्थित सेंट थॉमस चर्चमा रहेको राहत शिविरको पनि भ्रमण गरेका थिए । उनले बाढ़ी प्रभावितलाई राहत सामग्री पनि वितरण गरे ।

एउटा राहत क्याम्पमा राहुलले उनको पार्टीको राज्य तथा केन्द्र‍मा सरकार नभए पनि उनी जनताको आवाज उठाउँछन् । उनले भने, ‘जनतालाई उनीहरुको हक मिलोस । यसको सुनिश्चित गर्नु उनको जिम्मेवारी हो ।’

भ्रमणका दौरान राहुल गांधीले पार्टी नेता तथा सहयोगिहरुसँग कांजीरंगाबादको एउटा चिया पसलमा चिया पनि खाए । तथा स्थानीयहरुसँग कुराकानी पनि गरे । उनको साथ पार्टीका वरिष्ठ नेता केसी वेणुगोपाल पनि थिए ।