पूर्वप्रधानमन्त्रीकाे प्रमुख आतिथ्यमा हुने भनिएकाे टानकाे साधारणसभा कानुनी स‌ंकटमा

पूर्वप्रधानमन्त्रीकाे प्रमुख आतिथ्यमा  हुने  भनिएकाे टानकाे साधारणसभा कानुनी स‌ंकटमा

लोकसंवाद संवाददाता  |  पर्यटन  |  भदौ १३, २०७६

काठमाडाैँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) दुई कार्यकालदेखि नवीकरण  नभएका कारण २०७६ भदौ २० मा आयाेजना गर्ने भनिएकाे  ४१ औं साधारणसभा र नेतृत्वका लागि हुने निर्वाचनको कानुनी स‌ंकटमा  फसेकाे छ। 

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहालले  प्रमुख अतिथि र पर्यटन मन्त्री  याेगेश भट्टराई विशेष आतिथ्यमा सम्पन्न हुने भनि बहुप्रचारित साधारणसभा जिल्ला प्रशासन कार्यालय काठमाडौंले नवीकरण गर्न नमाने पछि स‌ंकटमा परेकाे हाे । 

पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बिक्रीवापत लिएको शुल्कको २५ प्रतिशतले हुन आउने  राजस्व बुझाउन नसकेकाे भन्दै काठमाडौंकाे  जिल्ला प्रशासन कार्यालय नविकरण गने नमानेकाे अध्यक्ष नवराज दाहालले  जानकारी  दिनुभएकाे छ । 

कर बुझाउने कुरा   र नविकरण  नियिमत प्रक्रिया भएकाे यसले  साधरण सभालाई कुनै असर नपर्ने जानकारी  दिनुभएकाे छ । 

टिम्स बिक्री बापतको २५ प्रतिशत राजस्व माग गरिएको तर आफूहरूले टिम्स नेपाल पर्यटन बोर्डबाट खरिद गरी बिक्रीमात्र गरेको दहालले बताए। करको झन्झटिलो प्रकृयाले गर्दा टान समस्यामा परेको भन्दै उनले यसको समधान खोजीमा जुटेको टानले जनाएकाे छ । टानले करिब डेढ कराेड भन्दा बढी राजश्व वापत रकम बुझाउने देिखएकाे छ । 

टिम्स कार्ड बिक्रीमा टानले पर्यटन बोर्डलाई सघाउँदै आए पनि उल्टै राजस्वको समस्या देखा परेको टान स्रोतको भनाइ छ।

नेपालका करिब दुई हजार दुई सय ट्रेकिङ कम्पनीमध्ये एक हजार ८ आठ सय कम्पनी टानका सदस्य रहेका छन्।