अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने

अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १३, २०७६

काठमाडौं : भदौ मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने तयारीमा रहेको सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । एकतामा साविक एमाले निकट अनेरास्ववियुवाट १८० जना र साविक माओवादी केन्द्र निकट अनेरास्ववियू(क्रान्तिकारी )बाट १५५ जना रहने बताइएको छ ।

एकीकृत संगठनको नेपाली नाम अनेरास्ववियू रहने र अंग्रेजी नाम अल नेपाल नेसनल इन्डिपेन्डेन्ट स्टुडेन्ट्स युनियन रहने पनि निर्णय भएको छ । अंग्रेजी नामका विषयमा पछि महाधिवेशनमा पनि छलफल गर्न सकिने जनाइएको छ।

आज विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य , सहइन्चार्ज विनोद ढकाल, संय‍ोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङसहितको औपचारिक वैठकले राजनीतिक / सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति,  विधान मस्यौदा उपसमिति र आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमितिसमेत बनाएको छ।

एकताको केन्द्रीय समितिको पहिलो बैठक भादौ ३१ र असोज १ गते बस्ने निर्णयसमेत गरेको छ ।

यस्तो छ उपसमिति :

राजनीतिक/सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति
संयोजक - ऐन महर
सदस्य - सुरेन्द्र बस्नेत
सदस्य - पञ्चा सिंह

विधान मस्यौदा उपसमिति
संयोजक - रञ्जित तामाङ
सदस्य -सुनिता वराल
सदस्य - समिक वडाल

आर्थिक तथा कार्यालय व्यवस्थापन उपसमिति
संयोजक - उत्तम अधिकारी
सदस्य -आरसी लामिछाने
सदस्य -झपीन्द्र खत्री
सदस्य - केशव रावल