एक औंलाले डुंगा तानेर विश्व रेकर्ड कायम !

एक औंलाले डुंगा तानेर विश्व रेकर्ड कायम !

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १४, २०७६

काठमाडौं, एजेन्सी ।  पूर्वी यूरोपीय देश जर्जियाका ४२ वर्षीय जिओर्जी रोस्तोमाश्विलीले २०० टनको डुंगा एक औंलाले तानेर विश्व रेकर्ड कायम गरेका छन् । यसलाई जर्जियाको रेकर्डमा सामेल गरिएको छ । जिओर्जीलाई रेकर्डका लागि एक मिनेटमा ५ मिटर डुंगा तान्ने कम भएकाे  थियो । तर, उनले केवल ४० सेकेण्डमा नै यो रेकर्ड कायम  गर्न सपःल भएका  थिए । 

जर्जियन रेकर्ड फेडरेशनका अनुसार, यो अहिलेसम्मको विश्व रेकर्ड हो । यसलाई गिनीज बुकमा समावेश गर्नका लागि यो कार्यक्रमको भिडियो फुटेज गिनीज बुकलाई पठाइ सकिएको छ ।