फिल्मको छायांकनकाे लागि  दुई दिनसम्म पोर्चुगलकाे  पुल बन्द  !

फिल्मको छायांकनकाे लागि  दुई दिनसम्म पोर्चुगलकाे  पुल बन्द  !

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ १४, २०७६

काठमाडौं, एजेन्सी । ऋतिक रोशन तथा टाइगर श्राफ अभिनीत एक्शन फिल्म वारको शूटिंगका लागि पोर्चुगलको पोर्टो शहरको सबैभन्दा ठूलो लुइस पुल दुई दिनका लागि बन्द गरिएको समाचार छ । फिल्मका निर्देशक सिद्धार्थका अनुसार आखिर कुन त्यस्तो फिल्मको शुटिंगका कारण दुई दिन पुल बन्द गर्नु पर्यो ?  भन्ने बारेमा स्थानीयवासी एकदमै उत्साहित भएर शुटिंग हेर्न आएका थिए ।  

यो फिल्म संसारको ७ देशको १५ शहरमा छायांकन गरिएको छ । फिल्मको एउटा एक्शन सीन पोर्चुगलको पोर्टो शहरमा हुने छायांकनका लागि त्यहाँको सबैभन्दा ठूलो पुल दुई दिनका लागि बन्द गरिएको थियो ।  

निर्देशक सिद्धार्थका अनुसार पोर्टोमा ऋतिक रोशन तथा टाइगर श्राफकाबीचको एउटा एक्शन सीक्वेंसको छायांकन गरिएको छ ।

यस गजबको दृश्यमा टाइगरले ऋतिकको पीछा गर्नु पर्ने थियो । यसको लागि पोर्टोमा मुख्य पुल दुई दिन बंद गर्नुपर्ने आवश्यक्ता पर्यो ।

ताकि यस दृश्यलाई एकदम राम्रो तरिकाले छयांकन गर्न सकियोस ।

उनले भने- यसका लागि त्यहाँका स्थानीय अधिकारी तथा स्थानीयवासीको राम्रो सहयोग प्राप्त भयो ।