शोधः सकारात्मक सोचले आयु बढेर औसत  ८५ पुग्ने

शोधः सकारात्मक सोचले आयु बढेर  औसत  ८५ पुग्ने

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १४, २०७६

 

काठमाडौं, एजेन्सी । सकारात्मक सोच तथा दुष्टिकोणले लामो आयु दिनसक्ने एक शोधले देखाएको छ ।

यस्ता सोच भएका व्यक्तिको औसत आयु ८५ वर्ष हुनसक्ने जनाइएको छ । बोस्टन युनिभर्सिटीको एक अध्ययनमा सकारात्मक सोचका कारण लामो आयु प्राप्त हुने दावी गरिएको छ । मुख्य अध्ययनकर्ता तथा युनिभर्सिटीको स्कुल अफ मेडिसिनकी लेविना ली भन्छिन, ‘लामो आयुको अर्थ राम्रो स्वास्थ्य तथा अन्य कमजोरी नभै बाँच्नु हो । तर यो अध्ययनले सोच बदलेर पनि राम्रो स्वास्थ्य प्राप्त हुने जसका कारण आयु बढ्ने देखिएको छ ।’ 

लेविनाले भनिन्, आजकलको जीवनशैली तथा खान पानमा हुने मिसावटका कारण लामो जीवन भनेको सपना जस्तै भएको छ । हामीले अध्ययनमा लामो समयदेखि चलिरहेको दुईवटा प्रोजेक्टको डेटाको विश्लेषण गर्यौं । शोधमा सहभागिको औसत आयु ६० वर्षको थियो । शोधमा करीब ७० हजार महिला तथा १४२९ पुरुषलाई सहभागि गराइएको थियो । 

शोधमा सहभागि सबैलाई उनीहरुको आशावादी हेराई तथा  सकारात्मक सोचका साथै अन्य आचरणका बारेमा पनि समीक्षा गर्न भनिएको थियो । साथै उनीहरुको खान–पीनको आदत, धुम्रपान तथा मद्यपानको आदतको बारेमा पनि ध्यान दिइएको थियो । 

अध्ययनकर्ताले सहभागिको आशावादी सोचका बारेमा जाँच गरे र जाँचबाट के थाहा भयो भने पुरुष तथा महिला जसको जीउने सोच एकदमै सकारात्मक थियो । उनीहरुको आयु बढ्ने सम्भावना ११ देखि १५ प्रतिशत धेरै थियो । नकारात्मक सोच राख्ने मानिसको तुलनामा उनीहरुको आयु लामो हुने संभावना ५० देखि ७० प्रतिशत धेरै थियो । अध्ययनमा अल्पायुमा हुने मृत्युका बारेका धेरै जोखिमका कारण पनि पत्ता लागेको थियो । 

लेविनाकी सहयोगी लारा कुब्जांस्कीले भनिन, अन्य शोधबाट के थाहा हुन आएको छ भने अधिक आशावादी मानिस भावना तथा व्यवहारलाई राम्रो तरिकाले व्यवस्थापन गर्छन । त्यसैगरी सजिलै तनाव तथा अप्ठेरो अवस्थाको पनि सामना गर्ने गर्छन् । यो अध्ययनको नतीजा नेशनल अकेडमी अफ साइंसेजको जर्नलमा प्रकाशित भएको हो ।