अवकाश प्राप्त पाइलटकाे  निजी बगैचामा ११० लड़ाकु विमान   सजाइयाे

अवकाश प्राप्त पाइलटकाे  निजी बगैचामा ११० लड़ाकु विमान   सजाइयाे

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १४, २०७६

काठमाडौं, एजेन्सी । फ्रांसको बिओने शहरमा ८७ वर्षीय मिशेल पोंटले आफ्नो बगैंचामा ११० वटा लडाकु विमान सजाएर राखेका छन् । यो सेनाको कुनै हवाई अड्डा नभएर नभएर निजी बगैंचा हो । पोंट यसलाई आफ्नो निजी संग्रहालय भन्ने गर्छन् । यस फ्लीटमा हालै एक एफ–१६ पनि शामेल भएको छ । 

यति धेरै संख्यामा लडाकु विमान संकलन गर्ने पोंट संसारका एक्लो व्यक्ति हुन् । उनको नाम गिनीज बुक अफ वर्ल्ड रेकर्डमा पनि दर्ता भएको छ । यसलाई हेर्नका लागि संसारभरबाट ४० हजार पर्यटक वर्षेनी आउने गरेका छन् ।

पोंटका अनुसार उनी एक पाइलट हुन् । उनले १९८० मा अवकाश पाएका लडाकु विमानको संकलन गर्न शुरु गरेका थिए ।

यसको उद्देश्य यसलाई कबाडी हुनबाट जोगाएर संसारलाई देखाउनु थियो । अहिले उनी पर्यटकबाट प्राप्त पैसाले विमान खरिद गर्ने गर्छन् । सेनामा काम गर्दा उनलाई एउटा रेस जीतेकोमा  विमान पुरस्कार पनि प्राप्त भएको थियो