सड्कमा १२६ सवारी चालकको आँखा र रक्तचाप परीक्षण,तीन जना गाडि चलाउन अयाेग्य !

सड्कमा १२६ सवारी चालकको आँखा र रक्तचाप परीक्षण,तीन जना गाडि चलाउन अयाेग्य !

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १४, २०७६

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डमा खटिएका ट्राफिक प्रहरीले स्वास्थ्य परीक्षण गरेर पठाउने गरेकाे पाइएकाे छ ।   

सड्कमा खटिए  ट्राफिक प्रहरीले  सवारी रोक्दै चालकलाई बोलाउन थाले । शुरुमा सवारी चालक कारवाहीमा परिने हो कि भन्ने डरले झस्किए ।

तर गाडीबाट निस्केर बाहिर आएपछि उनीहरुले थाहा पाए, स्वास्थ्य परीक्षणका लागि बोलाइएको रहेछ ।

 आँखाको कमजोरीका कारण हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ र ट्राफिक प्रहरी कार्यालय तनहुँले सडकमै सवारीचालकको स्वास्थ्य परीक्षण थालेकाे हाे । 

लामो दूरीका सवारीसाधन र मालवाहक ट्रकका कारण धेरै दुर्घटना हुने गरेकाले दोस्रोपटक सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।

 दमौली अस्पतालको प्राविधिक सहयोगमा  सञ्भचालन भएको आँखा शिविरमा १२६ चालकको आँखा र रक्तचाप परीक्षण गरिएको ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिनुभयो ।

ती चालकमध्ये तीन जनाको आँखा कमजोर भएकाेले गाडि चलाउन अयाेग्य देखिएकाले थप उपचारका लागि सुझाव दिइएको उहाँले बताउनुभयो ।

त्यस्तै १६ जना चालकको रक्तचाप उच्च देखिएकाले औषधि प्रयोग गर्न सुझाव दिइएको थियो ।