‘म’ को जन्म नभएपछि  मरण पनि हुँदैन
भदौ १४, २०७६

 अजोऽपि सन्नव्ययात्मा भूतानामीश्वरोऽपि सन् ।
   प्रकृतिं स्वामधिष्ठाय सम्भवाम्यात्ममायया ।। ६ ।।

अन्वय र अर्थ – अजः = जन्मरहित, अपि=पनि, सन्= भएर, अव्ययात्मा= अविनाशी स्वरूप, भूतानां = समस्त प्राणीहरुको, ईश्वरः = परमेश्वर, सन् अपि = भएर पनि, (अहं = म), स्वां = आप्mनो, प्रकृतिं = प्रकृतिलाई (दिव्यरूपलाई) अधिष्ठाय = बशीभूत गरेर (स्वीकार गरेर), आत्ममायया = स्वेच्छाले, सम्भवामि = प्रकट हुन्छु ।

भावार्थ – जन्म रहित म अनश्वर स्वभाव तथा सम्पूर्ण प्राणीहरूको ईश्वर भएर पनि आफ्नो प्रकृतिलाई अधिकारमा  लिएर आत्ममायाद्वारा प्रकट हुन्छु ।

विशिष्टार्थ – क्रियायोगले साधक समाधि साम्यद्वारा शुद्ध चैतन्यमा लीन हुन्छ अनि विकर्मले फेरि मनोधर्मशील भएपछि मानस नेत्र उन्मीलन गरेर देख्दछ –एक  ‘म’ नै सर्वत्र वर्तमान, ‘म’लाई अन्यत्र जाने आउने ठाउँ छैन ।  त्यसैकारण ‘म’ को जन्म हुंदैन । ‘म’ को जन्म नभएपछि  मरण पनि हुँदैन । अतः ‘म’ अव्ययात्मा अर्थात् अक्षय स्वभाव हो । क्षयोदय जुन हो त्यो चित्तादि चौवीस तत्व वा समस्त भूतका लागि हो । यी चित्तादि भूत सकल ‘म’ मा नै अवस्थित छन्, ‘म’ मा नै यी सबैको अस्तित्व छ । अतः ‘म’ नै यी सबैको ईश्वर अर्थात् अस्तित्व प्रतिपादक हुँ । तब जुन ‘म’ भिन्न भिन्न रूपले प्रकाशित हुन्छ, आत्ममाया नै उसको कारण हो र स्वप्रकृति नै यसका उपकरण हुन् । चैतन्यसत्ता–चित्, चित्त, अहंकार, बुद्धि, मन प्रभृति नाना क्षेत्रमा सर्वतो व्यापी भएर रहनाले जुन क्षेत्रमा जसरी रहन्छ मायाको सहयोगले त्यस क्षेत्रमा त्यस्तै मूर्ति धारण गर्दछ । 

त्यसकारण उसका मनोमय, चित्तमय, चिन्मय नाना प्रकारका अभिर्भाव हुन्छन्, यी सबै स्वप्रकृतिका हुन् । योगावशिष्ठमा भनिएको छ ‘जसको प्रभावले निश्चेष्ट ब्रम्हको चेष्टा सम्पन्न तथा जीवको चैतन्य समुत्पादित हुन्छ त्यसको नाम चित् हो, चित् अव्यक्त छ ।’ यो अव्यक्त चित् नै माया हो । मायाले पहिले प्रलीनावस्थाबाट विकास प्राप्त गरेपछि विकारद्वारा जडत्व ग्रहण गरेर चतुर्विंशनि तत्वात्मिका प्रकृतिमा परिणत हुन्छ । यस प्रकृतिमा चैतन्य ज्योति पर्नाले मायाद्वारा क्षेत्र भेद गरेर त्यो नाना रूपमा प्रतिफलित हुन्छ । सृष्टिमुखमा आवरणको क्रमिक विकासबाट एक चैतन्य नै बहुत्वमा परिणत हुन्छ, लयमुखमा पनि त्यस्तै नै विपरीत क्रममा आवरणको क्षय भएर  उसको बहुत्व नाश हुन्छ । त्यसैबेला साधकले विभिन्न आवरणमा भिन्न भिन्न अवतार मूर्तिहरू देख्दै देख्दै अन्तमा मिलेर ब्रम्हत्व लाभ गर्दछ ।

    यदा यदा हि धर्मस्य ग्लानि र्भवति भारत ।
    अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।। ७ ।।

अन्वय र अर्थ – भारत = हे भारत ! यदा यदा = जब जब, हि = निश्चय नै, धर्मस्य = धर्मको, ग्लानिः = पतन, हानि, अधर्मस्य = अधर्मको, (च = पनि), अभ्युत्थानं = उत्थान, वृद्धि, भवति = हुन्छ, तदा = त्यसबेला, अहं = मैले, आत्मानं = आफूलाई, सृजामि = (साकाररूपले) प्रकट गर्दछु ।

भावार्थ – हे भारत ! जबजब धर्ममा ग्लानि तथा अधर्मको उभ्युत्थान हुन्छ त्यसबेला मैले आफूलाई प्रकट गर्दछु ।

विशिष्टार्थ – जसलाई धारण गरेर वा जसको अवलम्बन गरेर रहनु पर्दछ त्यही धर्म हो । अन्तःकरणको वृत्तिलाई धारण गरेको हुनाले नै जीवको जीवत्व छ। अन्तःकरणको वृत्ति नै जीवको धर्म हो। अन्तःकरण, मन, बुद्धि, अहंकार, चित्त यी चार अंशमा विभक्त छ, तथा चिन्तनादि चार प्रकारका वृत्ति वा धर्मले सम्पन्न छ । अन्तःकरणका यी एक एक अंश एक एक युग हुन् र एक एक वृत्ति धर्मका एक एक पाउ हुन् ।

उसका इष्टदेव नरसिंह रूप धारण गरेर उसको हिरण्यकशिपु रूप वैरी भावलाई नष्ट गरिरहनु भएको छ । त्यसपछि मन, क्षेत्र पार गरेर नै बुद्धि क्षेत्र वा विज्ञानमय कोषमा आउनु पर्दछ, अनि मनोवृत्ति ग्लानियुक्त वा ग्म्लान हुन्छ । त्यसैले मनोवृत्ति नरहनाले बुद्धिक्षेत्रमा त्यत्ति नै परिमाण निरालम्बन वा अधर्मको उत्थान हुन्छ । अव तीन मात्र वृत्ति वा धर्मपाद रहन्छन्, अर्थात् तीन पाद धर्म एकपाद अधर्म हुन्छ । त्यसकारण बुद्धि नै त्रेता वा त्रेता युग हो ।

सृष्टिमुखमा चित्त नै पहिलो हो । यसको क्रिया अथवा वृत्तिको नाम चिन्तन हो  । चित्तमा विकार प्राप्त हुँदा यसमा अरू एक वृत्ति थपिन्छ ।  त्यसवृत्तिको नाम अहं वृत्ति हो ।  त्यसको नाम हो अहङ्कार । अहंकारका वृत्तिहरू दुई छन् – चिन्तन र अहं कर्तृत्व । अहंकारमा विकार उत्पन्न भएपछि अरू एक वृत्ति बढ्छ, त्यो वृत्ति हो निश्चयकरण । अनि यसको नाम हुन्छ बुद्धि । बुद्धिका तीन वृत्ति छन्– चिन्तन, अहंकर्तृत्व, निश्चयकरण । तत्पश्चात् बुद्धि विकारमा प्राप्त भएपछि त्यसको नाम हुन्छ मन, त्यस मनमा पनि अर्के एक वृत्ति थपिन्छ, त्यस वृत्तिको नाम हो संकल्प विकल्प । त्यसकारण मनका वृत्ति (धर्म) चार हुन्छन् – चिन्तन, अहंकर्तृत्व, निश्चयकरण र संकल्प विकल्प । यी चार वृत्ति नै धर्मका चार पाउ हुन् । यिनैबाट अन्तःकरणका सबै क्रिया सञ्चालन हुन्छन् ।

निवृत्तिमार्गमा योगानुष्ठानद्वारा अन्तर्मुखवृत्ति लिएर खडा हुँदा यस धर्ममा ग्लानि अर्थात् अवसन्नता या हानि उपस्थित हुन्छ र अधर्मको अर्थात् अवलम्बन विहीनताको अभ्युत्थान अर्थात् निकट ऊध्र्व वा ठीक ऊध्र्वमा स्थिति हुन्छ । त्यहाँ पहिले नै मनः क्षेत्र वा मनकोष रहेको देखिन्छ । त्यहाँ चिन्तनादि चार वृत्तिहरू अर्थात् धर्मका चार पादहरू पूर्णरूपमा क्रियाशील छन् । 

अतः मन नै सत्य वा सत्ययुग हो । बहिर्विषयबाट विहीन भएर मनले त्यस मनः क्षेत्रमा प्रवेश गर्दा साधकले देख्दछ – उसका इष्टदेव नरसिंह रूप धारण गरेर उसको हिरण्यकशिपु रूप  वैरी भावलाई नष्ट गरिरहनु भएको छ । त्यसपछि मन, क्षेत्र पार गरेर नै बुद्धि क्षेत्र वा विज्ञानमय कोषमा आउनु पर्दछ, अनि मनोवृत्ति ग्लानियुक्त वा ग्म्लान हुन्छ । त्यसैले मनोवृत्ति नरहनाले बुद्धिक्षेत्रमा त्यत्ति नै परिमाण निरालम्बन वा अधर्मको उत्थान हुन्छ । अव तीन मात्र वृत्ति वा धर्मपाद रहन्छन्, अर्थात् तीन पाद धर्म एकपाद अधर्म हुन्छ । त्यसकारण बुद्धि नै त्रेता वा त्रेता युग हो । यस विज्ञानमय त्रेता युगमा साधकले दर्शन गर्छन्– इष्टदेव राम रूपले साधकको रावण रूप चाञ्चल्यभाव (काम–भोगेच्छा) लाई नष्ट गरिरहनु भएको छ । 

त्यसपछि बुद्धि क्षेत्रलाई अतिक्रमण गरेर जाँदा अहं क्षेत्र या आनन्दमय कोष आउंछ । यहाँ बुद्धिवृत्ति नरहनाले त्यत्तिकै परिमाणमा निरालम्बन वा अधर्मको उत्थान हुन्छ । तब केवल मात्र अहं कर्तृत्व र चिन्तन यी दुई वृत्तिहरू वा धर्मपाद वांकी रहन्छन् अर्थात् दुई पाउ धर्म र दुई पाउ अधर्म रहन्छन् । त्यसैले अहङ्कार क्षेत्र नै द्वापरयुग हो । यस आनन्दमय द्वापरमा अभीष्टदेव श्रीकृष्ण रूपले आविर्भुत भएर साधकका दन्तवक्र र शिशुपाल रूप आत्मीयभाव अर्थात अहंत्व नष्ट गर्दुहुन्छ । 

परिशेषमा अहंकार अतिक्रमण गरेर चित्त क्षेत्र आउंछ । यो पनि आनन्दमय कोष हो किन कि आनन्दमय कोषको अहंत्वमय निम्नतर स्तर अहंकार र अहंत्व विहीन ऊध्र्वतर स्तर चित्त हो । यस चित्त क्षेत्रमा एक मात्र चिन्तन वृत्ति अवशिष्ट रहन्छ, माथिका तीन वृत्तिहरू कुनै पनि रहँदैनन्, अर्थात् यहाँ एकपाद धर्म र तीन पाद अधर्म हुन्छन् । त्यसकारण यो कलि वा कलियुग हो । यो अहंत्व विहीन महत् अवस्थामा इष्टदेव कल्कि रूपले दर्शन दिएर साधकको पुनः संसार स्फुरणको वीज स्वरूप, म्लेच्छभावलाई नष्ट गर्नुहुन्छ । त्यही नै चित्तवृत्तिको निरोध हो । यस चित्तवृत्तिको निरोध गर्नाले अरू कुनै वृत्ति नै रहदैन (अवलम्बन गरेर केही पनि रहदैन, तब सर्व वृत्ति विहीन हुन्छ । त्यही विशुद्ध अधर्म जुन अवस्थामा कुनै धर्म रहँदैन) वा निरालम्बनावस्था हो । यस अवस्थामा प्रकृति साम्यवस्थामा प्राप्त भएर ब्रम्हाश्रया त्रिगुणात्मिका माया नामले विभु मात्र हुन्छ, तत् पश्चात् द्वैतभाव नष्ट हुनाले माया पनि रहदैन एक मात्र ब्रम्ह रहन्छ । त्यो कस्तो छ, त्यो ब्रम्ह  ”अवाङ् मनसगोचरः” अर्थात् वाणी–मनबाट अतीत (अविषय) छ ।

    परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
    धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।। ८ ।।

अन्वय र अर्थ – साधूनां = साधुहरूको, परित्राणाय = रक्षाका लागि, दुष्कृतां = दुष्कर्म गर्नेहरूको, विनाशाय = नाश गर्नका लागि, धर्म संस्थापनार्थाय = धर्मलाई पुनःस्थापित गर्नका लागि, च = पनि, युगे युगे = युग युगमा, सम्भवामि = अवतीर्ण हुन्छु ।

भावार्थ – साधुहरूको रक्षा, दुष्कर्म गर्नेहरूको विनाश तथा धर्मलाई पुनः स्थापित गर्नका लागि पनि युग युगमा अवतीर्ण हुन्छु ।

विशिष्टार्थ – साधु – स् = सूक्ष्मश्वास+आ+आसक्ति+ध् =धृति+उ =स्थिति – सूक्ष्मश्वासमा आसक्ति दिएर जुन मानिसहरू  धैर्यको  स्थिति लाभ गर्छन् अर्थात् निवृत्ति मार्गमा धैर्यशील छन् ती सबै साधु हुन् । साधु  हुनका लागि जुन जुन  वृत्ति  आवश्यक  छ त्यो  सबै साधु हो र जुन जुन वृत्ति अनिष्टकर छ त्यो सबै दुष्टकृत् (असत्वृत्ति) हो । विवेक, वैराग्य, शम, दम, तितिक्षा आदि साधनानुकूल वृत्ति नै साधु हो र काम, क्रोध, लोभ, मोह, मद, ईष्र्या, घृणा आदि साधना प्रतिकूल वृत्ति दुष्कृत् हो । 

पूर्व श्लोकको विशिष्टार्थमा इष्टदेवको जस्तो नाना प्रकारका रूपबाट आविर्भाव हुने कुरा वताइएको छ उहाँका, त्यस्तै त्यस्तै प्रकारका मूर्तिहरूमा आविर्भूत हुँदा त्यो सद्वृत्ति समूह प्रबल हुन्छ, संसारको आकर्षणबाट कुनै प्रकारले पनि नष्ट हुन सक्दैन, तर त्यो दुष्कृत् वा असत् वृत्ति समूह नष्ट हुन्छ, मनमा उब्जेर त्यसले विषयमा विमोहित गर्न सक्दैन । यसरी सद्वृत्तिको परित्राण र असद्वृत्तिको नाश हुनाले नै धर्म संस्थापन हुन्छ । संस्थापन – सं=समान+स्थापि=स्थापन गर्नु+अन् – साम्यभावमा स्थापन गर्नु संस्थापन हो । धर्म – चौवीस तत्वहरूको समष्टि वृत्ति वा क्रिया हो अतएव विषमता समन्वित छ । यो धर्म लययोगद्वारा समेटिएर चित्मय चैतन्यमा अड्किनाले नै स्थिर समान भएर मिल्दछ, त्यही नै धर्मको संस्थापन हो । अर्थात् धर्मलाई कुनै कामकाज गर्न नदिनु, चुपचाप बसालेर राख्नुको नाम धर्म संस्थापन हो ।

साधनाको उन्नतिका साथ गुरुकृपाद्वारा आवरण भेद भएर कूटस्थमा जसै तसै सच्चिदानन्द ज्योतिर्मयको प्रकाश हुन्छ तब तब साधकहरू आनन्दमा विभोर हुन्छन् संसारको अनित्यत्व तथा ब्रम्हको नित्यत्वलाई हृदयंगम गरेर वैराग्यादिका साथ अधिक तर उद्यमले प्रयत्न गर्दछन्, साधना क्लेशबाट भयभीत वा संकुचित हुँदैनन् । त्यसकारण उनीहरूलाई अरू यस संसारमा मोहित हुनु पर्दैन, उनीहरूले परित्राण पाउँछन् ।

    जन्म कर्म च मे दिव्यमेवं यो वेत्ति तत्वतः ।
    त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति सोऽर्जुन ।। ९ ।।

क्रमशः

याे पनि

आत्मामा मन रहनु जागरण हो

'सत्' ज्ञान स्वरूप 'चित्' र सुखस्वरूप 'आनन्द' हो

ज्ञान र कामना परस्पर विरोधी हुन्

आत्मा मन अनि बुद्धिभन्दा पनि श्रेष्ठ

संसारमा कर्म नै एक मात्र बन्धन हो