९ सय जनाले ५ मिनेटसम्म लोक नृत्य गरेर  विश्व रेकर्ड  कायम

९ सय जनाले ५ मिनेटसम्म लोक नृत्य गरेर  विश्व रेकर्ड  कायम

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १५, २०७६

काठमाडौँ, एजेन्सी । मेक्सिकोको जलिस्कोमा करिब ९ सय जनाले पारम्परिक सङ्गीत मारियाचीमा नृत्य गरेर विश्व रेकर्ड बनाएका छन् । 

यसलाई गिनीज बुकमा पनि दर्ता गरिएको छ । योसँगै यसअघि मेक्सिकोकै गुआडालाजारामा सन् २०११ मा ४५७ जना सहभागीद्वारा बनाइएको वर्ल्ड रेकर्ड पनि भङ्ग भएको छ । 

गिनीज बुकका अधिकारी कार्लोस तापियाका अनुसार, नर्तकीले नरोक्किकन करिब ५ मिनेटसम्म नृत्य गरेका थिए । यो रेकर्ड बनाउनका लागि नर्तकले फरक फरक पाेशाक लगाएका थिए । पुरुषले पारम्परिक सुट, प्वाँख भएको टोप तथा टाई लगाएका थिए भने महिलाले चौ‌ंडा घेरा भएको पाेशाक लगाउनाका साथै चम्किलो गहना तथा कपालमा रिबन समेत बाँधेका थिए । 

गुआडालाजारा चेम्बर अफ कमर्सका अध्यक्ष तथा कार्यक्रमका प्रमुख आयोजनकर्ता जेवियर अरेडाइनका अनुसार, ‘यो नयाँ विश्व रेकर्डले के बताउँछ भने हाम्रो संस्कृति युवाका माझ छिटै फैलिँदै छ । नृत्य पाेशाक  लगाउने ८८२ जनाको उत्साहलाई चर्को गर्मी तथा उकुसमुकुस पनि कम गर्न सेक्न । 

२४ वर्षीय एक दर्शक कुर्ला गैलार्डोले भने, ‘मारियाची सङ्गीतमा नृत्य गर्ने धेरै सहभागी बेलै स्कुलसँग सम्बन्धित छन् । उनीहरूको आपसी तालमेल तथा दुरुस्तै देखिने भावभंगिमा आफैँमा रोमाञ्चकारी थियो ।

यसलाई मेक्सिकन परम्पराको उत्कृष्ट प्रस्तुति भन्न सकिन्छ । जब गिनीज वर्ल्ड रेकर्डको घोषणा भयो, तब हामी एकदमै  उत्साहले भरिएका थियौँ ।