एप्पलका सिइओ टिम कुकले दान गरे ५० लाख डलर बराबरको शेयर

उनीसँग अझै १७.६ करोड डलर बराबरको शेयर बाँकी

एप्पलका सिइओ टिम कुकले दान गरे ५० लाख डलर बराबरको शेयर

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १५, २०७६

काठमाडौं, एजेन्सी । एप्पल कम्पनीका सिइओ टिम कुकले २३ हजार ७ सय शेयर दान दिएका छन् । कम्पनीको रेग्युलेटरी फाइलिंगमा यो जानकारी दिइएको हो । दान दिइएको शेयरको मूल्य ५० लाख डलर बराबर रहकाे छ ।

शेयर क-कसलाई दान गरिएको भने खुलाइएको छैन् । 

टिम कुकले पछिल्लो वर्षको अगस्टमा पनि यति नै मूल्य बराबरको शेयर दान गरेका थिए ।

एप्पलका अनुसार, अब उनीसँग ८ लाख ५४ हजार ८४९ शेयर बाँकी रहेको छ । शेयरको भाउ अनुसार यसको मूल्य १७.६ करोड़ डलर हुन आउँछ । 

कुकले सन् २०१५ देखि लगातार शेयर दान गर्दै आएका छन् ।

२०१४ मा उनले मानवाधिकार अभियानका लागि नगद पनि दान दिएका थिए । उनले रबर्ट एफ केनेडी सेंटर फर जस्टिस एंड ह्यूमन राइट्स नामक संस्था तथा अन्य मानव अधिकार अभियानका लागि पनि दान गर्दै आइरहेका छन् । 

सिईओ कुकको दानका अलावा एप्पलले अमेजनको जंगल संरक्षणका लागि पनि दान दिने योजना रहेको उनले ट्वीट गरेर बताएका छन् ।