रमाइलो र साेखकाे लागि चोरी गर्ने  होटेलका मालिक

रमाइलो र साेखकाे लागि चोरी गर्ने  होटेलका मालिक

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १५, २०७६

काठमाडौँ, एजेन्सी । अमेरिकाको मेंफिस एयरपोर्टमा सुट केश चोरी गर्ने व्यक्तिलाई पुलिसले गिरफ्तार गरेको छ । 

यसरी  सुट केश चोरी गर्ने व्यक्ति भारतीय मूलका व्यापारी तथा १७ वटा होटेलका मालिक दिनेश चावला रहेको पुलिसले जनाएको छ । 

पुलिसका अनुसार, उनको अमेरिकाको मिसिसिपीमा १७ वटा होटेल रहेका छन् । उनले अगस्ट १८ मा एयरपोर्टबाट सुट केश चोरेर आफ्नो गाडीमा राखेका थिए । यो घटना सिसिटिभीमा कैद भएको थियो । तर, पछि सुट केश बरामद गरिएको थियो । 

उक्त सुटकेशमा ४ हजार डलर रहेको पाइएको  थियो । सोधपुछ गर्दा उनले चोरी गरेको स्वीकार गरेको प्रहरी  जनाएको थियो । 

उनले यसभन्दा अघि चोरी गरेको स्वीकार गरेको  छन् । हाल उनी ५ हजार डलरको  जमानतमा जेलबाट छुटेका छन् । सोधपुछका दौरान चावलाले सामान चोर्नु गलत भएको भन्ने आफूलाई थाहा भएको तर, रमाइलोका लागि तथा साेखकाे लागि आफूले चोर्ने  गरेको बताए । 

दिनेश चावला अमेरिकामा होटेलको एउटा चेन सञ्चालन गर्दै आएका छन् । क्लीभल्याण्डमा हालै उनको एउटा लग्जरी होटेल बन्दै गरेको छ । 

डोनाल्ड ट्रम्प जुनियर फेब्रुअरीमा उनीसँग कारोबारबाट अलग भएका थिए । ट्रम्प तथा चावला १९८८ देखि नै आपसमा परिचित छन् । 

उक्त समय दिनेश चावलाका पिता वीके चावलाले डोनाल्ड ट्रम्प सिनियरसँग ग्रीनवुडमा एक हाेटल खोल्न मद्दत मागेका थिए ।