आधा दिनको छुट्टीको लागि आफ्नै मृत्युको निवेदन !

आधा दिनको छुट्टीको लागि आफ्नै मृत्युको निवेदन !

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १५, २०७६

काठमाडौं, एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको कानपुरका एक छात्रले आधा दिनको छुट्टीको लागि आफ्नै मृत्युको निवेदन दिएका छन् ।

आठ कक्षामा पढ्ने यी छात्रले आफ्नै मृत्युको हवाला दिंदै प्रिंसिपलसँग छुट्टी मागेका थिए । प्रिंसिपलले पनि लापरवाहीको नमूना पेश गर्दै उक्त आवेदनमा ‘ग्रांटेड’ लेखेर छुट्टी पनि दिए । जीडी रोड स्थित रोड स्कूलमा पढ़ने छात्रलाई छुट्‌टी चाहिएको थियो । त्यसैले उनले प्रिंसिपललाई छुट्‌टीको लागि निवेदन लेखेका थिए । 

छात्रले लेखेका छन्, ‘सविनय निवेदन यो छ कि प्रार्थी विजय (परिवर्तित नाम) को २० अगस्टमा १० बजे देहांत भएको छ । महोदयसँग अनुरोध छ कि त्यसकारण प्रार्थीलाई हाफ टाइमदेखि अवकाश प्रदान गर्ने कृपा गरे महान दया हुनेथियो ।’

उक्त निवेदन माथि प्रिंसिपलले रातो कलमले ‘ग्रांटेड’ लेखेर आफ्नो हस्ताक्षर पनि गरेका छन् । त्यसपछि उक्त छात्रलाई छुट्टी प्राप्त भयो र उनी स्कूल छोडेर गए ।

उनले उक्त निवेदन केही दिनसम्म त लुकाए । तर, जब साथीभाईबीच जब यो विषयमा चर्चा भयो र पत्र शिक्षकको हातमा पुग्यो तब यो निवेदन थप चर्चाको विषय बन्न पुग्यो ।

यसको उजुरी व्यवस्थापन तथा विभागमा पनि गरिएको छ ।