‘साहो’  बन्यो दक्षिण एसियाको सबैभन्दा ठुलो स्क्रिनमा रिलिज हुने पहिलो फिल्म

‘साहो’  बन्यो दक्षिण एसियाको सबैभन्दा ठुलो स्क्रिनमा रिलिज हुने पहिलो फिल्म

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १५, २०७६

काठमाडौँ, एजेन्सी । चर्चित फिल्म बाहुबलीका नायक प्रभासले अभिनय गरेको फिल्म 'साहो' ३० अगस्ट शुक्रवारका दिन भारतको १०० भन्दा बढी स्क्रिनमा रिलिज भयो ।

रिलिजसँगै यो दक्षिण एसियाको सबैभन्दा ठुलो स्क्रिनमा रिलिज हुने पहिलो फिल्म बन्न पुगेकाे  छ । चेन्नईभन्दा ८० किमि टाढा आन्ध्र प्रदेशको सुल्लुरपेट कस्बेमा तयार गरिएको एकैसाथ ६५६ जनाले फिल्म हेर्न सक्ने वी इपिक थिएटरमा पनि फिल्म रिलिज गरिएको छ । थिएटरको स्क्रिन १ सय फिट चौडा तथा उचाइ ५४ फिट रहेको छ । 

वी इपिक थिएटरलाई चेन्नईको क्यूब सिनेमाका लागि वी सैल्युसाइड चेनले तयार गरेको हो । यसमा ४ केआरजीबी लेजर प्रोटेक्शन युक्त ईपीआईक्यू स्क्रिन रहेको छ ।

यसका अलावा थिएटरमा डल्बी एटम्स इमर्सिव अडियो सिस्टम रहेको छ । १. ८९ स्क्रिन आस्प्केट अनुपात रहेको स्क्रिनले दृश्यलाई चुस्त बनाउनेछ । यो बाहेक यसले ब्राइटनेस, कन्ट्रास्ट पिक्चर क्वालिटीको पनि राम्रो बनाउनेछ ।