११ महिनाको बच्चीको सहज उपचार  गर्न उनको खेलौनाको खुट्टामा  समेत प्लास्टर गरियो !

११ महिनाको बच्चीको सहज उपचार  गर्न उनको खेलौनाको खुट्टामा  समेत प्लास्टर गरियो !

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ १६, २०७६

काठमाडौं, एजेन्सी । भारतको लोकनायक अस्पतालमा एकजना ११ महिनाको बच्चीको भाँच्चिएको दुबै खुट्टाको उपचार गर्न उनले मनपराउने खेलौनाको खुट्टामा समेत प्लास्टर गर्नु परेकाे समाचर छ ।  

डाक्टरले बच्ची र खेलौना दुबैको खुट्टामा प्लास्टर गरे र खेलौनालाई पनि बच्चीलाई जसरी नै असपतालमा राख्नु परेकाे  थियाे । 

११ महिनाकी जिक्रा मलिक दिल्ली गेट स्थित आफ्नो घरको खाटबाट १७ अगस्टमा लडेकी थिइन् । जसका कारण उनको दुबै खुट्टा भाँच्चियो । उनको खुट्टा जोड्नका लागि दुईहप्तासम्म रडले बानेर खुट्टा माथितिर झुण्ड्याएर राख्नुपर्ने हुन्छ । तर, जिक्रा भने बाबुआमालाई आफूलाई अस्पताल बाहिर लैजान जिद्दी गरिरहेकी थिइन् । 

यस्तोमा डाक्टरले उनको खेल्नेकुरा ल्याउनका लागि बाबुआमालाई भने । आमाले जिक्रा दिनभरि उनको पुतलीसँग खेल्ने गरेको  डाक्टरलाई बताइन् । त्यसपछि डाक्टरहरुले जुक्ति निकाले कि उनको खेलौना पुतलीको खुट्टामा प्लास्टर लगाएर झुण्ड्याउने । डाक्टरले पुतलीको खुट्टामा पहिले प्लास्टर लगाएर उनको खुट्टामा प्लास्टर लगाए । ताकि जिक्राको मनमा रहेको डर सजिलै हटोस । 

अहिले जिक्रालाई कुनै औषधि ख्वाउनुपूर्व पहिले उनको खेलौनालाई ख्वाएको जस्तो गरी उनलाई खुवाउने गरिएको छ । अहिले जिक्राको स्वास्थ्यमा निकै सुधार आएको छ । 

अहिले पुरै अस्पतालमा जिक्रा खेलौनावाली बच्चीको नामबाट समेत चर्चित रहेकी छन् । 

उनकी आमा फरीनका अनुसार जिक्रा पहिले अस्पतालमा ढल्कन समेत मान्दिन थिइन् । उनलाई पाँच मिनेट एक ठाउँमा रख्न पनि मुश्किल थियो । उनी खुट्टाको उपचार गर्न समेत मानिरहेकी थिइनन् । तर, उनको खेलौनाको देखावटी उपचार गर्ने जुक्तिले अहिले राम्रै काम गरिरहेको छ ।

अहिले बच्चीको स्वास्थ्यमा निकै नै सुधार भैरहेको छ ।