सबैभन्दा ठुलो जुटको झोला गिनिज बुक अफ वर्ल्ड रेकर्डमा

सबैभन्दा ठुलो जुटको झोला गिनिज बुक अफ वर्ल्ड रेकर्डमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १६, २०७६

काठमाडौं, एजेन्सी । भारतको तमिलनाडुका ९ नेत्रहीनले १८ छात्र तथा किन्नर समुदायको मद्दतले जुटको सबैभन्दा ठूलो झोला बनाएका छन् ।

यसले गिनिज बुक अफ वल्ड रेकर्डमा सबैभन्दा ठूलो जुटको झोलाको रुपमा स्थान पाएको छ ।

उनीहरुको उद्देश्य पर्यावरणको सुरक्षा तथा प्लास्टिक झोलाको प्रयोगको विरुद्ध जनचेतना फैलाउनु रहेको छ ।

यो जुटको झोला ६५ फिट अग्लो तथा ११ फिट चौडा छ । ह्याण्डल नभएको यस झोलालाई सिउन मात्र  घण्टाको समय लागेको थियो ।

उक्त कार्यक्रम सरदार वल्लभाई पटेल इंटरनेशनल स्कुल अफ टेक्सटाइल्स एंड मैनेजमेंटमा आयोजना गरिएको थियो । 

झोला सिलाउनका लागि ट्रांसजेंडर समुदाय तथा तमिलनाडु टेक्निकल इंस्टीट्यूटको कोयंबटूर जिल्लाका सदस्यले नेत्रहीनलाई मद्दत गरेका थिए । झोला गिनिज बुकमा दर्ता भएपछि ३४ वर्षीय संतोष चंद्रनले भने, ‘यो कहिले बिर्सन नसकिने क्षण थियो ।’ झोला बनाउन उनी पनि संलग्न थिए । 

युवा फाउंडेशनकी अध्यक्ष शशिकलाले मिडियासँग भनिन्, ‘नेत्रहीनद्वारा ६५ फिट अग्लो तथा ३३ फिट चौडा जुटको झोला बनाएर गिनिज वल्र्ड रेकर्ड बनाउन सफल भएका छन् ।

यसको उद्देश्य हानिकारक प्लास्टिक झोला प्रयोगमा सचेतता ल्याउनु हो । मानिसलाई अब प्लास्टिक झोलाको साटो जुटको झोलाको प्रयोगमा  प्राेतसाहन गर्नु रहेकाे छ ।