मोटी भनेर खिज्याउने श्रीमान विरुद्ध प्रहरीमा उजुरी

मोटी भनेर खिज्याउने श्रीमान विरुद्ध प्रहरीमा उजुरी

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  भदौ १६, २०७६

काठमाडौं, एजेन्सी । भारतके गुजरात राज्यको राजकोटस्थित नारायणपुरा इलाकाकी एक महिलाले आफ्नो पतिले बारम्बार मोटी भनेर खिज्याएपछि पुलिसमा निवेदन दिएकी छन् ।

३० वर्षीया महिलाको आरोप छ कि उनका पतिले उनलाई खाली मोटी मोटी भनेर बोलाउँने गर्छन । साथै उनलाई पश्चिमी आधुनिक कपडा समेत लगाउन नदिएकाे उनकाे गुनसाे रहेकाे छ ।  छोटो कपडा लगायो भने पनि उनलाई प्रताडित गर्ने गरेका छन् । पुलिसले महिलाको निवेदनमाथि छानविन शुरु गरेको जनाएकाे  छ । 

पुलिसका अनुसार महिला एक प्राइभेट बैंकमा सहायक प्रबंधकका रुपमा कार्यरत रहेकी छन् । उनीहरुको विवाह सन् २०१७ डिसेम्बर १० मा भएको थियो ।

विवाहको एक महिना पछि नै उनको पतिले उनलाई मोटी भनेर खिजयाउन शुरु गरेका थिए ।

महिलाको आरोप छ कि जब उनी यसको विरोध गर्ने गर्छिन् तब उनलाई पतिले कुटपिट गर्ने गरेका छन् ।

पत्नीको आरोप  छ कि उनका पतिले विभिन्न बहाना बनाएर पैसा माग्ने गर्छन् । यदि पैसा नदिएका खण्डमा मार्छु भन्ने धम्की समेत दिने गरेका छन् ।