गुगललाई २२७२ करोड रुपैयाँ जरिवाना !

युट्युबले चिल्ड्रेन प्राइभेसी ल उल्लंघन गरेको आरोप

गुगललाई २२७२ करोड रुपैयाँ जरिवाना !

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  भदौ १६, २०७६

 काठमाडौं, एजेन्सी । युट्युबमाथि चिल्ड्रेन प्राइभेसी ल उल्लंघन गरेको आरोप लागेको छ ।

यसका लागि उसले २२७२ करोड रुपैयाँ जरिवानका रुपमा बुझाउनु पर्नेछ ।

३१ अगस्टमा अमेरिकी मिडियाद्वारा दिइएको जानकारीमा विज्ञापनका लागि डाटा एकत्रितका दौरान युट्युबले उक्त कानून उल्लंघन गरेको थियो । 

न्यूयोर्क टाइम्सका अनुसार, अमेरिकी फेडरल ट्रेड कमीशन (एफटीसी)ले युट्युबको स्वामित्व रहेको गुगललाई यो सेटलमेंट राशिमा सहमति दिएको हो । यदि न्याय विभागबाट प्राप्त भएको खण्डमा यो चिल्ड्रेन प्राइभेसी उल्लंघनसँग जोडिएको अहिलेसम्मको सबैभन्दा ठूलो जरिवानाकाे   केस हुनेछ ।  

रिपोर्टका अनुसार, केही प्राइभेसी समुहले युट्युबमाथि चिल्ड्रेन प्राइभेसी ल उल्लंघनको आरोप लगाएका थिए । उनीहरुको भनाई थियो कि युट्युबले १३ वर्ष भन्दा कम उमेरका बच्चाको डेटा उनीहरुको आमाबाबुको अनुमति विनै एकत्रित गरेको थियो । एफटीसीले यस सम्बन्धमा आफ्नो निर्णय सेप्टेम्बरमा सुनाउन सक्नेछ । 

अमेरिकी नियमनकर्ताले लामो समयदेखि गुगलले आफ्नो कम्पनी युट्युबमा बच्चाहरुका लागि हानिकारक सामग्रीबाट बचाउने तथा तीसँग सम्बन्धित डेटा राख्न असफल रहेको आरोप लगाउँदै आएका थिए । अर्को एक मामिलामा २३ रोजगारदाता सर्च साइट्सले पनि गुगलका विरुद्ध युरोपियन कमिशनलाई पत्र लेखेका छन् ।