चीनले अमेरिकी अखबार पत्रकारलाई देश निकाला गर्‍यो

चीनले अमेरिकी अखबार पत्रकारलाई देश निकाला गर्‍यो

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १६, २०७६

काठमाडौं, एजेन्सी । चीनले अमेरिकी अखबार ‘द वाल स्ट्रीट जर्नल’का एक पत्रकारलाई देश निकाला गरेको छ ।

सिंगापुर मूलका ३३ वर्षीय पत्रकार चुन हान वोंगले चीनियाँ राष्ट्रपति शी जिनपिंगका भाई मिंग चाईका विरुद्ध ३० जुलाईमा एक रिपोर्ट लेखेका थिए । रिपोर्टमा के दावी गरिएको थियो भने राष्ट्रपतिका भाई विरुद्ध अस्ट्रेलियामा गैम्बलिंग तथा मनी लन्ड्रिंगका बारेमा अनुसन्धान भइरहेको छ । 

एक चीनियाँ अधिकारीका अनुसार, पत्रकार चुन हान वोंगको प्रेसको मान्यता रद्द गरिएको छ । जसलाई अब नविकरण गरिने छैन् । ‘द वाल स्ट्रीट जर्नल’ अखबार  का प्रवक्ताले भने चीनका अधिकारीले चुन हानको प्रेसको मान्यतालाई अघि बढाएका छैनन् । हामी यो मुद्दामा नजर राखिरहेका छौं । चीनमा ‘द वाल स्ट्रीट जर्नल’ का कुनै पनि पत्रकारलाई कारवाही गरिएको यो नै पहिलो घटना हो । 

चुन हान वोंगले ‘द वाल स्ट्रीट जर्नल’का लागि २०१४ देखि बेजिंग ब्यूरोमा काम गर्दै आएका थिए । उनी चीनमा राजनीतिक कवरेजका लागि चिनिन्थे । उनले सन् २०११ देखि ‘द वाल स्ट्रीट जर्नल’का लागि स्टाफ रिपोर्टरका रुपमा काम गर्दै आइरहेका थिए । चीन आउनु भन्दा पहिले उनी सिंगापुरमा काम गर्थे । एक मिडिया रिपोर्टका अनुसार वोंग ३० अगस्ट शुक्रवारका दिन नै हंगकंग उडिसकेका छन् । 

वोंगले ३० जुलाईमा ‘द वाल स्ट्रीट जर्नल’मा जिनपिंगका भाई तथा अस्ट्रेलियन नागरिक मिंग चाईका बारेमा एउटा रिपोर्ट प्रकाशित गरेका थिए । यो रिपोर्टमा चाई अस्ट्रेलियामा अपराध तथा मनी लन्ड्रिंगको मामिलामा अनुसन्धानको सामना गरिरहेका छन् भन्ने थियो । तर, रिपोर्टमा यो स्पष्ट भने थिएन कि जिनपिंग व्यक्तिगत रुपमा अपराधमा सामेल छन् वा उनलाई भाईको गतिविधिको बारेमा जानकारी छ । 

‘द वाल स्ट्रीट जर्नल’ को यो रिपोर्टलाई चीनका विदेश मंत्रीले वाहियात भनेका थिए । हालै ‘द वाल स्ट्रीट जर्नल’का अन्य पत्रकार तथा अस्ट्रेलियाई नागरिक फिलिप वेनलाई चीनले केवल तीन महीनाको भिसा दिएको थियो । जबकि विदेशी पत्रकारको भिसाको अवधि कम से कम १२ महिनाको हुने गरेको छ ।