बाबा साकोसले सदस्यहरुलाई ९ सय कागतीको बिरुवा  वितरण

मुनाफा मात्र ५१ लाख

बाबा साकोसले सदस्यहरुलाई ९ सय कागतीको बिरुवा  वितरण

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १६, २०७६

भक्तपुर  । बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मध्यपुर थिमिले  आ. व. २०७५/७६ मा  ५० लाख ८५ हजार २ सय ६८ रुपैंया ९३ पैसा खुद नाफा गरेको छ । 

३ करोड ६६ लाख ५०० शेयर पूँजी रहेकाे बाबा साकोसको १४ औं साधारण सभामा दिइएको जानकारी अनुसार सोही आ.व.मा बचत तथा निक्षेप  २९ करोड लाख ५१ लख ३ हजार ३ सय ३० रुपैंया ३२ पैसा संकलन गरी  २१ करोड ६७ लाख ९३ हजार ९ सय ५ रुपैया ५५ ऋण लगानी गरी खुदमा बृद्धि गरेको थियो । गत आ. व.मा संस्थाको नाफा करिब ३३ लाख रहेको थियो ।

साधारण सभाको उद्घाटन गर्दै प्रदेश नंं. ३ का माननीय सदस्य डा. राजेन्द्रमान श्रेष्ठले संस्थाले सदस्यहरुको जीवनस्तरमा सुधार गर्न गरेको उद्यमशीलता, शिपमूलक कार्यक्रमहरु बारे चर्चा गर्दै संस्थाले सदस्यहरुलाई केन्द्रबिन्दुमा राखेर अझ बढी कार्यक्रमहरु संचालन गर्न सुझाव दिनुभयो । उहा“ले यस भेगका जनताहरुको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने कला संस्कृति संरक्षण र सम्बद्र्धनमा लागेको ब्यक्तित्वहरुको जीवनस्तर सुधार गर्न प्रदेश सरकारको तर्फबाट कार्य भैरहेको जानकारी दिनुहुदै लोप हुन लागेको अभौतिक कला संस्कृति संरक्षणलाई प्रोत्साहित गर्न लागको बताउनुभयो । प्रदेश सभा सदस्य डा. श्रेष्ठले भन्नुभयो – लोप हुन लागेको बाजागाजा संरक्षण गरी त्यससंग सम्बद्ध ब्यक्तित्वको जीवनयापनमा समेत ध्यान दिनुपर्दछ ।

विशेष अतिथि मध्यपुर थिमि नगरपालिका वडा नंं. ४ का वडा अध्यक्ष  कुमार श्रेष्ठले बाबा साकोसले सामाजिक उत्तरदायित्व अन्तरगत यस वडाको वनदेवीमा पोखरी निर्माण, संस्कृतिमैत्री वृक्षपण आदि गरेकोमा प्रशंसा ब्यक्त गर्दै यस संस्थाका सक्रिय सदस्यहरु संग वडामा विकासको लागि नगरपालिकाले हातेमालो गर्न चाहेको बताउनुभयो । 

सभापतिको आसनबाट संस्थाका अध्यक्ष रत्नमान श्रेष्ठले संस्थाले हरेक सदस्यको घर स्नातकोतर  तह उत्तीर्ण भएका होस् भनेर प्रोत्साहन स्वरुप नगद पुरस्कारबाट सम्मानित गर्दै आएको आगामी दिनमा एम. फिलदेखि पीएचडीसम्मको शिक्षा हासिल गरेका सदस्य तथा सदस्यका परिवारलाई पनि प्रँेत्साहन गर्ने नीति लिइको जानकारी दिनुभयो । उहाँले संस्थाबाट शीपमूलक र उद्यमशिल विकास तालिम लिएका सदस्यहरुलाई विना धितो अधिकतम  ५ लाखसम्म ऋण प्रदान गरिने पनि जानकारी दिदै एक घर एक बोटविरुवा रोपौं भन्ने  नारालाई साकार बनाउन संस्थाले हरेक सदस्यहरुलाई कौसी मै रोप्न मिल्ने कागतीको बोट वितरण गरेको जानकारी दिनुभयो ।

सचिव उमेश श्रेष्ठले आ. व. २०७५/७६ को कार्यक्रमिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सदस्यहरुको जीवन सुधार ल्याउन आर्थिक गतिविधिका साथै स्वास्थ्य, सरसफाई, भ्रमण, अध्ययन अवलोकन तथा कर्मचारीहरुलाई उत्प्रेरणा कार्यक्रमहरु समेत गर्दै आएको जानकारी दिनुभयो ।

कोषाध्यक्ष रत्नकेशव जोशीले संस्थाले गत वर्ष भन्दा नाफा रकममा बृद्धि गर्नुृका साथै ऋण लगानी गर्दा जोखिम समेतलाई मध्यनगर गरी लगानी गर्दै आएको जानकारी दिदै आगामी वर्ष सदस्यता बृद्धिका साथै निक्षेप परिचालनमा तिब्रता ल्याई सदस्यहरुलाई लाभांश बृद्धि गर्न पहल गरिने बताउनुभयो ।

सहभागी अतिथिको साकोसको तर्फबाट शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले बाबा साकोसको वासलात, नाफानोक्सान हिसाब किताबलाई विश्लेष गर्दा संस्थाको मजबुतका साथै प्रगतिउन्मुख देखिएको छ भन्नुभयो । 

जिल्ला जिल्ला बचत तथा ऋण सकहारी संघ लि.का कोषाध्यक्ष कान्छाभक्त  घजु, नेफ्स्कुन, भक्तपुर फिल्ड कार्यालयका प्रमुख पेशलकुमार खड्का समेत उपस्थित रहेको कार्यक्रममा संस्था सबै सदस्यहरुलाई करिब ९ सय थान कागती, अम्बा र मुन्तलाको बोट विरुवा वितरण गरिएको थियो ।