चीनमा अविवाहितहरु लागि विशेष रेल सञ्चानलमा !

दैनिक १ हजार युवाहरु यात्रा गर्ने गर्छन्

चीनमा अविवाहितहरु लागि विशेष रेल सञ्चानलमा !

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १७, २०७६

काठमाडौं, एजेन्सी । चीन सरकारले अविवाहित युवाको विवाहका लागि विशेष रेल सेवाको शुरुवात गरेको छ ।

१० अगस्टबाट शुरु भएको यो रेलमा दैनिक १ हजार युवा–युवतीले यात्रा गर्ने गरेको पाइएको  छन। यो रेल दुई दिन तथा एक रातसम्म चल्नेछ । चीनमा करीब २० करोड मानिस अविवाहित रहेको रिर्पोट छ । चीन सरकारले अविवाहितका लागि विवाहको वातावरण बनाउन यो रेल सेवा संचालनमा ल्याएकाे हो ।

यो रेलमा यात्रारत १० प्रतिशतको विवाह हुने गरेको बताइएको छ । 

यात्रारत करीब १ हजार यात्रीमा १ सय जना विवाह वन्धनमा बाँधिने गरेको पनि बताइएको छ । चोंगकिंग नर्थबाट कियानजियांग स्टेशनसम्म चल्ने यो रेल यति लोकप्रिय भएको छ कि यसलाई हप्तामा दुई दिन चलाउन माग हुन थालिएकाे छ ।

चीनमा १९७० मा लागु भएको एक बच्चा नीतिका कारण देशमा लैगिंक असमानता व्यापक बढेको हो । हुनत यो नीति सन् २०१६ मा खारेज गरिए पनि छोरीको भ्रुण हत्या गर्ने प्रचलन बढेका कारण पनि लिंगानुपात बढेको हो । 
एक रिर्पोटका अनुसार सन् २०१८ मा १ हजार जोडीमध्ये केवल ७.२ जनालाई मात्र विवाहको अवसर प्राप्त भएको थियो । यस आँकडाका अनुसार चीनमा पछिल्लो एक दशकमा विवाहको दर सबैभन्दा कम  हुने गरेकाे पाइएको छ । 

यो विशेष ट्रेनमा यात्रा गर्ने एक यात्री यांग हुआन भन्छन, ‘विवाहका लागि जोडी नभेटिए पनि रेलमा धेरै राम्रा साथी बनाउन सकिन्छ ।

१ हजारजनासँग बसेर खानु तथा प्राचीन पानीको शहर झुओ शुइको यात्रा गर्न पाउनु धेरै नै रमाइलो कुरो हो ।

यो यात्रापछि मैले पनि आफूलाई एउटा राम्रो प्रेमीको रुपमा पाएको छु । ’