इकोफ्रेंडली घरः  जसलाई भूकम्प, आगलागी तथा आँधी तुफानले असर गर्दैन

इकोफ्रेंडली घरः  जसलाई भूकम्प, आगलागी तथा आँधी तुफानले असर गर्दैन

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १७, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकाको सियाटल शहरको जियोशिप कंपनीले भूकम्प, आगलागी तथा आँधी तुफानले केही नहुने इकोफ्रेंडली घर निर्माण गरेको छ ।

यसमा कुनै पनि विपदको असर नहुने कम्पनीको दावी  गरेकाे छ । बितेको एक दशकमा भएको विपदको अध्ययन पश्चात यस्तो घर निर्माण गरेको कम्पनीले जनाएको छ ।

यो प्रविधि विकसित गर्ने इंजिनियर मोर्गन बायर्सचेंक हुन् । उनी बायोसेरेमिकले यस्तो घर बनाउने गर्छन् । 

बायोसेरेमिक खनिजबाट बन्ने एक प्रकारको लचिलो पदार्थ हो । यो पदार्थ ठूला शहरमा पानी प्रशोधन संयंत्र (वाटर ट्रीटमेंट प्लांट) बाट प्राप्त हुन्छ ।

यस पदार्थको प्रयोग बितेका केही दशकदेखि कृत्रिम हड्डि तथा दाँत बनाउनमा प्रयाेग हुँदै आएको छ । मोर्गनले यसको प्रयोग घर बनाउनमा गर्दै आएका छन् । यो घर रसायन मुक्त मात्र नभई १४८२ डिग्री सेल्सियसको तापक्रममा समेत केही हुँदैन् । 

जियोशिपको विश्लेषणमा पछिल्लो दश वर्षमा मानिस कम बजेटको सानो घरको खोजीमा रहेका छन । सानो घरको फाइदा भनेको यो भूकम्पमा पनि चाँडै ढल्दैन् । यही मान्यतामा रहेर विगत दुई वर्ष देखि जियोशिपले यसप्रकारको घर बनाई रहेको छ । 

भाईहरुसँग एक पटक अमेरिकामा घर मर्मत गरिरहेका बेला आखिर यो इँट्टा, काठ, सिमेन्ट प्रयोग गरेर हामी किन घर बनाइरहेका छौं भन्ने विचार आएपछि उनले नयाँ डिजाइन तथा बायोसेरामिकबाट नयाँ डोम घर बनाए ।

विगत दुई वर्ष देखि उनी इँट्टा, काठ, सिमेन्ट केही पनि नभएको डोम घर बनाइरहेका छन् । यसको मूल्य ६३ लाख देखि २ करोड ८५ लाख सम्म पर्ने अनुमान गरिएको छ ।

यसलाई केही दिनमै निर्माण सकिने तथा एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण पनि गर्न सकिनेछ ।