स्टीव जब्सको सही भएको टोय स्टोरी फिल्मको पोस्टर ३५ लाखमा बिक्यो

स्टीव जब्सको सही भएको टोय स्टोरी फिल्मको पोस्टर ३५ लाखमा बिक्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १७, २०७६

काठमाडौं, एजेन्सी । एप्पलका दिवंगत सह संस्थापक स्टीव जब्सको सही भएको टोय स्टोरी फिल्मको एक दुर्लभ पोस्टर पछिल्लो हप्ता ३५.८४ लाख रुपैयाँमा लिलाम भएको छ । शुरुआती बोली २८.६८ लाख रुर्पयाँ रहेको उक्त पोस्टरको बोली ३५ लाखसम्म पुगेको थियो । 

१९९५ मा रिलीज भएको तथा पिक्सार स्टूडियोद्वारा बनाईएको पहिलो एनिमेटेड फिल्म टोय स्टोरी संसारभर हिट भएको थियो । उक्त फिल्म तीन एकेडेमी पुरस्कारका लागि समेत नोमिनेशनमा परेको थियो । स्टीव जब्स उक्त पिक्सार स्टुुडियोका अध्यक्ष तथा प्रमुख शेयरकर्ता थिए । 

पोस्टरमा टोय स्टोरी फिल्मका दुुई मुख्य कलाकार वुडी और बज देखिन्छन । २४ x ३६ इंचको साइजको सामान्य देखिने यो पोस्टरमा स्टीव जब्सले काले मार्करले साइन गरेका थिए । त्यसपछि नै यो विशेष पोस्टरको  रुपमा गनिन पुुग्यो । 

यसभन्दा पहिले जब्सले सही गरेको तथा सन्देश लेखेको ब्याज पनि लिलामीमा राखिएको थियो । यसको शुरुवाती बोली १६ लाख रुपैयाँ थियो । सन् २००० मा सुजैन लिंडबर्घ नामकी एक महीलालाई एप्पलमा नोकरी गरेको १० वर्ष पुरा भएकोमा यो ब्याज दिएर सम्मानित गरिएको थियो । उक्त ब्याजमा जब्सले सही गर्नुका साथै एउटा सन्देश पनि लेखेका थिए । सन्देशमा १० वर्षसम्म कम्पनीसँग जोडिएर काम गरेकोमा बधाई दिइएको थियो । 

सन्देशमा जब्सले लेखेका थिए, एप्पल केवल तपाईँको क्षमता, उत्साह तथा उर्जाको मात्र सम्मान गर्दैन बरु तपाईँको १० वर्षको महत्वपूर्ण काम प्रतिको वफादारीको पनि सम्मान गर्छ । हामी आशा गर्छौं तपाईँको हामीप्रतिको जुुन विश्वास अहिले छ त्यो बनि रहोस । यो लामो यात्रा आफैंमा सबैभन्दा महत्वपूर्ण सम्मान हो ।