५७ प्रतिशत भारतीय बढी ताैलकाे शिकार !

दिल्ली नै बढी तौल भएकाहरुकाे  सहर

५७ प्रतिशत भारतीय बढी ताैलकाे शिकार !

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  भदौ १७, २०७६

काठमाडौं, एजेन्सी । भारतमा स्वास्थ्य सम्बन्धी एउटा सर्भेमा ५७ प्रतिशत भारतीय बढी ताैलकाे  शिकार  भएको जनाइएको छ । 

सर्वे कंपनी जीओक्युुआईको  दावी छ कि भारतमा बेंगलुरू सबैभन्दा फिट तथा कोलकाता सबैभन्दा अनफिटहरुको शहरको रुपम देखिएको छ ।

सबैभन्दा सक्रिय शहरमा मुंबई पहिलो नंबरमा छ । सर्भेमा सात लाख मानिसको खाने, सुत्ने तथा व्यायाम सम्बन्धी व्यवहारका बारेमा प्रश्न सोधिएको थियो । 

सर्भेमा १९ वर्ष भन्दा कम उमेरका ११।९ प्रतिशत युवा हाई कोलेस्ट्रोल, ६।३ प्रतिशत डायबिटीज तथा ८।७ प्रतिशत ब्लड प्रेशरबाट पीड़ित भएको पाइयो ।  

सर्वेमा सबैभन्दा फिट शहरको रुपमा बेंगलुरू, दिल्ली, हैदराबाद, मुंबई, चेन्नई, पुणे, अहमदाबाद र कोलकाता देखिएका छन् । सबैभन्दा ओवरवेट शहरका रुपमा भने दिल्ली, हैदराबाद, चेन्नई, बेंगलुरू, पुणे,मुंबई, कोलकाता, अहमदाबाद देखिएका छन् । 

हेल्थीफाईमीको हालैको रिपोर्ट फिजिकल एक्टिविटी लेवल्स अफ इंडियंसका अनुसार भारतको ५३ प्रतिशत महिलाको शारीरिक सक्रियता आवश्यक्ताभन्दा कम छ । यो मामिलामा पुरुषको आंकड़ा ४४ प्रतिशत रहेको छ । 
 
पोर्टल स्टेटिस्टाका अनुसार भारतमा यो वर्ष फिटनेस क्षेत्रमा ११ हजार ७०० करोड़ रुपैयाँको राजस्व प्राप्त हुने अनुमान गरिएको छ । यस क्षेत्रमा हरेका वर्ष ६. ६ प्रतिशतले वृद्धि भैरहेको छ । २०२३ सम्म यो राजस्व १५ हजार २०० करोड़ रुपैयाँ पुुग्ने अनुमान छ । सबैभन्दा धेरै फिटनेस राजस्व चीनको रहेको छ जो यस वर्ष ३६ हजार ७०० करोड़ रुपैयाँ सम्म हुनेछ । 

मार्केट इंटेलिजेंस कंपनी मिंटेलले ३ हजार भारतीय वयस्कमाझ गरेको सर्भेमा ६४ प्रतिशत मानिस व्यायाम नै गर्दैनन् । केवल ६७ प्रतिशत मानिस व्यायाम गर्छन त्यो पनि केवल मर्निंग वाक मात्र ।