चन्द्रयान– २ : ल्याण्डर विक्रमको चाल बदल्ने पहिलो प्रक्रिया सफल, ७ सेप्टेम्बरमा चन्द्रमाको सतहमा अवतरण

चन्द्रयान– २ : ल्याण्डर विक्रमको चाल बदल्ने पहिलो प्रक्रिया सफल, ७ सेप्टेम्बरमा चन्द्रमाको सतहमा अवतरण

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  भदौ १७, २०७६

चन्द्रयानको ल्याण्डर विक्रमले चार सेकेण्डका लागि उल्टो दिशामा चल्ने पूर्वनिर्धारित प्रक्रिया पूरा गरेको छ । मंगलबार बिहान ८ः५० बजे यसको उक्त प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । यसमा चन्द्रयान– २ मा जडित प्रपल्सनट सिस्टमको प्रयोग गरिएको थियो । चाल बदलीको अघिल्लो प्रक्रिया भोलि अर्थात् ४ सेप्टेम्बरको मध्याह्न ३ः३० देखि ४ः४० बजेका बीचमा सम्पन्न हुनेछ । पूरा प्रक्रिया यसकारण अपनाइएको हो ताकि चन्द्रमाको दक्षिणी ध्रुवको पनि यानले अवलोकन गर्नसकोस् ।

विक्रम ल्याण्डरको अर्बिट १०४ किलोमिटर ह १२८ किलोमिटर छ । चन्द्रयान– २ को अर्बिटर चन्द्र कक्षमा लगातार चक्कर लगाइरहेको छ । खुसीको कुरा त यो छ कि अर्बिटर र ल्याण्डर दुवै ठीक अवस्थामा छन् ।

यसअघि चन्द्रयान– २ को सोमबार एउटा ठूलो विश्रामसँगै रातको १ः१५ बजे यस यानबाट विक्रम नामक ल्याण्डर छुट्टिएको थियो । यही ल्याण्डर ६ वा ७ सेप्टेम्बरको रात चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ, जसको सतहमा छुनेवित्तिकै वैज्ञानिकहरुलाई चन्द्रमाको धर्तीको यथार्थ थाहा हुनेछ, जुन आजसम्म रहस्य बनेको छ ।

इसरोका वैज्ञानिकहरूले चन्द्रयान– २ बाट ल्याण्डर अलग हुनसलाई ती छोरीसँग तुलना गरेका छन्, जो माइतीबाट कर्मघरतर्फका लागि निस्किेकी छन् । पछाडि रहेको अर्बिटरले चन्द्रमालाई एक वर्षसम्म चक्कर लगाउनेछ । लञ्चपछि २३ दिनसम्म पृथ्वीको कक्षमा घुमिरहेपछि चन्द्रयान– २ ले १४ अगस्टमा चन्द्रमाको यात्रा सुरु गरेको थियो ।

स्मरण रहोस् कि २२ जुलाईमा श्रीहरिकोटाको सतीश धवन स्पेस सेन्टरबाट चन्द्रयान– २ लञ्च गरिएको थियो, जुन ७ सेप्टेम्बरमा चन्द्रमाको सतहमा अवतरण गर्ने संभावना छ ।