रिचार्जरको ग्याजेट्स विग सेलमा ४९९ रुपैयाँमा मोबाइल

भारी छुटमा रिचार्जरमा वान प्लस सेभेन मोबाइल

रिचार्जरको ग्याजेट्स विग सेलमा ४९९ रुपैयाँमा मोबाइल

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १७, २०७६

काठमाडौं : मोबाइल एप रिचार्जरले संचालन गरिरहेको ग्याजेट्स मेलामा ४९९ रुपैयाँमा मोबाइल अफर चल्ने भएको छ । रिचार्जरका एक जना प्रयोगकर्ताले एउटा मात्र मोबाइल ४९९ रुपैयाँमा खरिद गर्नसक्नेछन् ।

भदौ १९ गते बिहीवारका दिन रिचार्जर एपबाट ४९९ रुपैयाँमा मोबाइल खरिद गर्न सकिनेछ । बिहीवार मध्याह्न १२ बजेदेखि सुरु हुने अफर ४ घण्टासम्म चल्नेछ । रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहका अनुसार ४ घण्टा अवधिका लागि १० हजार थान मोबाइल बिक्री हुने अपेक्षा गरिएको छ ।

साथै एनआईसी एसिया बैंकसँगको सहकार्यमा वान प्लस सेभेन मोबाइल बुकिङ गर्दा १० प्रतिशतसम्मको क्यास व्याक दिने योजना पनि रिचार्जरले ल्याएको छ । योजनाअनुसार एनआईसी एसिया बैंकको मोबाइल बैंकिङबाट वान प्लस सेभेन मोबाइलको रकम भुक्तान गर्दा १० प्रतिशत रकम ४८ घण्टाभित्रमा सेवाग्राहीको बैंक खातामा नगद फिर्ता हुने एनआईसी एसिया बैंकले जनाएको छ ।

अन्य फोन पे एपहरूबाट उक्त मोबाइलको रकम भुक्तान गर्दा ५ प्रतिशत रकम तत्काल बैंक खातामा फिर्ता हुने रिचार्जरले जनाएको छ । त्यसैगरी रिचार्जरले पनि उक्त मोबाइल किन्दा ५ प्रतिशत रकम बराबरको क्यास व्याक प्वाइन्ट रिडिम गर्न सकिने व्यवस्था मिलाएको छ ।

रिचार्जरबाट सामसुङ नोट १० र नोट १० प्लस मोबाइल शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिन्छ ।

ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले केही समयअघि मात्र अपडेट गरिएको एपबाट सहज रूपमा आवश्यक उपकरणहरू खरिद गर्न सकिने बताए । भदौ ११ गतेदेखि चलिरहेको ग्याजेट्स मेलामा ‘अफरभित्र अफर’अन्तर्गत सेवाग्राहीले सरप्राइज गिफ्ट ह्याम्पर पाउनेछन् । अफरभित्र अफरसहित ५० प्रतिशतसम्मको छुटका साथै क्यास प्वाइन्ट रिडिम गरी मेलामा सुलभ मूल्यमा सामान किन्न सकिन्छ ।

विभिन्न बैंक तथा ब्राण्डसँगको सहकार्यमा ‘अहिले लिनुहोस्, पछि तिर्नुहोस्’ योजनासहित रिचार्जरले ग्याजेट्स मेला संचालन गरेको हो । मेलामा सस्तो मूल्यमा मोबाइल तथा इलेक्ट्रोनिक्स ग्याजेटहरू शून्य प्रतिशत व्याज दरमा किस्ताबन्दीमा किन्न सकिने रिचार्जरले जनाएको छ । सबै अफरमा सहभागी हुनका लागि सेवाग्राहीले एण्ड्रोइड तथा आईफोनमा रिचार्जर एप डाउनलोड गरी खाता संचालनमा ल्याउनुपर्ने हुन्छ ।

मेलामा मोबाइल, ल्यापटप, क्यामेरा, टेलिभिजन, एयर कण्डिसनर, रेफ्रिजिरेटरलगायतका उपकरणहरू शून्य प्रतिशत व्याजदरमा घरमा बसेर अर्डर गर्न सकिनेछ ।

नजिकिँदै गरेको दशैँ तथा तिहारको अवसर पारेर रिचार्जरले जीप कम्पनीको हरेक गाडीको खरिदमा एक लाख क्यास व्वाइन्टसमेत उपलब्ध गराउने भएको छ ।

यसका साथै रिचार्जर एप डाउनलोड गरी खाता खोली कारोबार गर्नेमध्येबाट एक जनालाई रिचार्जरले सामसुङको ए ट्वान्टी मोबाइल वितरण गर्ने भएको छ । यही भदौ २९ गते १६ः३० बजे रिचार्जरको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरी मोबाइल विजेता घोषणा गर्ने रिचार्जरले जनाएको छ ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर एप डाउनलोड गरी एकाउण्ट खोलेपछि प्रयोगकर्ताले तत्काल १०० क्यास प्वाइन्ट पाउनेछन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्‍यो, त्यति नै क्यास प्वाइन्ट पाइन्छ । विभिन्न किसिमका सेवाहरूको बिल भुक्तान गर्दा पनि २० प्रतिशतसम्मको क्यास प्वाइन्ट पाइन्छ ।

यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा रिडिम गरी प्रयोग गर्न सकिन्छ । केही समयपछि यस्तो क्यास प्वाइन्टबाट मात्र पनि सामान खरिद गर्न सकिनेछ ।