३ सय बच्चालाई पाँचवटा अलग अलग विषयमा एकै पटक पढाउ सक्ने रोबोट शिक्षक !

३ सय बच्चालाई पाँचवटा अलग अलग विषयमा एकै पटक पढाउ सक्ने रोबोट शिक्षक !

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  भदौ १८, २०७६

काठमाडौं, एजेन्सी । भारतको बेंगलुरुको एउटा निजी स्कुलमा कृत्रिम बौद्धिकता  (एआई) प्रविधिमा आधारित रहेर बच्चाहरुलाई पढाउन थालिएकाे छ ।

उक्त रोबोट हेर्दा मानिस जस्तै देखिन्छ भने यसले पढाउने मात्र नभएर बच्चाको जिज्ञासा पनि शान्त गर्ने गर्छ । यसको विकासकर्ताको भनाई छ कि यसको उपस्थितिले शिक्षकलाई बच्चाको पढाइमा अधिक ध्यान दिन मद्दत पुगेको छ । 

रोबोटका चिफ डिजाइनर विग्नेश रावका अनुसार यो रोबोटले ७ देखि ९ कक्षाको ३ सय बच्चालाई पाँचवटा अलग अलग विषयमा पढाउनेछ ।

रोबोटले उनीहरुसँग गफ पनि गर्छ भने बच्चाहरुको जिज्ञासा पनि समाधान गर्ने गर्छ । यसले जीवशास्त्र, रसायनशास्त्र, इतिहास, भूगोल, भौतिक विज्ञान जस्ता विषय पढाउनेछ । यो रोबोटलाई महिला शिक्षकको आकृति दिइएको छ । यसको लागत १२.८ लाख रुपैयाँ रहेको छ ।  

अहिलेसम्म ३ वटा रोबोट तयार गरिएको छ । जसमा १७ जनाको संलग्नता रहेको छ । यसलाई थ्री–डी प्रिटेंड मेटेरियल तथा स्मार्ट  सर्वो मोटरबाट बनाइएको छ । यो रोबोटले कक्षामा पढाउँदा मानिसले जस्तै हाउभाउ गर्ने गर्छ । 

रोबोट निर्माणमा प्रोगामर, कंटेंट डेभलपर, ग्राफिक्स डिजाइनरको संलग्नता रहेको थियो । यसका लागि सफ्टवेयर, हार्डवयर तथा एआई टुलको पनि मद्दत लिइएको थियो ।  

यो रोबोटको तौल ४५ किलो छ । यसलाई बनाउनका लागि दुई वर्षको समय लागेको थियो ।