मोबाइल प्रयोगकर्ताका लागि ‘स्लो लेन’  बिस्तारकाे लहर

मोबाइल प्रयोगकर्ताका लागि ‘स्लो लेन’  बिस्तारकाे लहर

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  भदौ १८, २०७६

काठमाडौं, एजेन्सी । मानिसमा रहेको मोबाइलप्रतिको आकर्षणलाई देखेर बेलायतको शहर म्यान्चेस्टरमा मोबाइल प्रयोगकर्ताका लागि छुट्टै लेन बनाइएको छ ताकि दुर्घटना नहोस । म्यान्चेस्टरमा बनेको यो लेनलाई युरोपको पहिलो मोबाइल लेनको रुपमा लिइएको छ । 

थाइल्याण्डको राजधानी बैंककको एक इलाकामा पनि मोबाइल लेन बनाइएको छ । यो लेनमा मानिसहरु मोबाइल चलाएर हिंड्न सक्छन् । यो लेनमा युवाहरुको झुकाव ज्यादा देखिएको छ । प्रयोगकर्ता जिमीका अनुसार, यो राम्रो अभ्यास हो । यसमा हामी सुरक्षित रहन सक्छौं । अरु शहरमा पनि यस्ता मोबाइल लेनको जरुरत छ । 

सिंगापुरमा भने पैदल यात्रा गर्दा यात्रीलाई स्मार्टफोनबाट टाढा राख्नका लागि ठाउँ ठाउँमा पहेंलो रंगको स्टिकर लगाइएको छ । यो स्टिकरमा ‘लुक अप’ भनेर मोबाइल फोन प्रयोगमा निषेधको चिन्ह राखिएको छ । सामान्यतया स्मार्टफोन प्रयोगकर्ताले फोन चलाउँदा झुकेर चलाउने गर्छन् । झुकेर फोन चलाउँदा उक्त स्टिकर देखिन्छ । 

दक्षिण कोरियाको सडकमा भने बत्ति राखिएको छ । ताकि बाटो काट्दा बत्तिमा आँखा परोस र स्मार्टफोनबाट आफ्नो ध्यान हटोस । सडक किनारमा लेजर लाइट पनि राखिएको छ । जसले यात्रीलाई स्मार्टफोन प्रयोग गर्दा सावधान बनाओस । 

एओ मोबाइलले गरेको एउटा अध्ययनमा करीब ९८ प्रतिशत मानिसले मोबाइल चलाएर हिंड्दा ध्यान मोबाइलमा हुने कारणले अर्को मानिससँग ठोक्किने गरेको स्वीकारेका छन् । यो अध्ययन १ हजार ५ सय मानिसमा गरिएको थियो ।