काश्मीर प्रकरणमा नेपालले बोल्याे, परराष्ट्रमन्त्रीद्वारा 'भारतको आन्तरिक मामिला' भएकाे धारणा सार्वजनिक

काश्मीर प्रकरणमा नेपालले बोल्याे, परराष्ट्रमन्त्रीद्वारा  'भारतको आन्तरिक मामिला' भएकाे धारणा सार्वजनिक
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १८, २०७६

काठमाडौं । नेपालका  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मू–काश्मीरमा भएको पछिल्लो कदम भारतको आन्तरिक मामिला रहेको  भनि पिहलाे पल्ट प्रष्टसँग धारणा राख्नु भएकाे  छ । हिन्द माहासागर सम्मेलनमा भाग लिन माल्दिभ्स पुग्नुभएका परराष्ट्रमन्त्री ज्ञवालीले 'संविधानको धारा ३७० खारेज गर्ने विषय भारतको आन्तरिक मामिला' भएको प्रष्ट पार्नुभएको हो ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानी गर्दै मन्त्री ज्ञवालीले भरतकाे आन्तरिक मामिलामा आफूहरु नबोल्ने पनि प्रष्ट पार्नुभयो । ‘संविधान परिवर्तन भारतीय सरकारको आफ्नै अधिकार क्षेत्र हो, त्यसलै यसमा हाम्रो कुनै प्रतिक्रिया छैन,’ मन्त्री ज्ञवालीले नेपाल सरकारको धारणा प्रष्ट पार्दै भन्नुभएको छ ।

ज्ञवालीले  नेपाल सरकार काश्मीर क्षेत्रमा बस्ने नेपालीबारे चिन्तित रहेको बारेमा यस अघि धारणा सार्वजनिक गरि सकिएकाे  बताउनु भएकाे छ ।  

गत अगस्ट ५ मा प्रधानमन्त्री नेरन्द्र मोदी नेतृत्वको सरकारले संविधानको धारा ३७० खारेज गरेर जम्मूकाश्मीरले यसअघि पाएको विशेष स्वायत्तता खारेज गरिदिएपछि भारत र पाकिस्तानबीच सम्बन्ध चिसिएको छ । सो बिषयमा कडा आपत्ति जनाएको पाकिस्तानले अन्तराष्ट्रिय लबिङसमेत गरिरहेको छ । यस बिषयमा यसअघि परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले जम्मूकाश्मीर मामिलालाई ‘नजिकैबाट नियालिरहको’ प्रतिक्रिया  दिंदै आउनु भएकाे थियाे  

साथै चौथो हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मालदिभ्सको राजधानी मालेमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले २०७६ भाद्र १८ बिहान सिङ्गापुरका विदेशमन्त्री भिभिन बालकृष्णनलाई भेटेर नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको छ ।

सौहार्दपूर्ण वातावरणमा उहाँहरूबीच भएको भेटवार्तामा नेपाल–सिङ्गापुर सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा सिङ्गापुरको प्रत्यक्ष वैदेशिक लगानी बढाउन त्यहाँका उद्यमी व्यवसायीलाई अभिप्रेरित गर्न आफ्ना समकक्षीसँग अनुरोध गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्योपचारमा सहजीकरण गरेकामा सिङ्गापुर सरकारप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल बिहीवार बिहान स्वदेश फर्कने कार्यक्रम छ ।