विस्फोटनमा परी भारतमा ९ को मृत्यु

विस्फोटनमा परी भारतमा ९ को मृत्यु

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १८, २०७६

भारतमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । विस्फोटनका बेला कारखानामै रहेकाले दुर्घटनाबाट अरू ५० जना प्ररभावित भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

देशको उत्तरी राज्य पञ्जाबमा रहेको एउटा पटाका उद्योगमा आगलागी भएको सञ्चार माध्यमहरूले बुधबार उल्लेख गरेका छन् । पञ्जाबको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा घटना भएको हो ।

घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयंसेवक, स्थानीय बासिन्दालगायतले आगो निभाउने प्रयास गरेका थिए । घटनाका बारेमा पर्याप्त विवरण आउन भने बाँकी नै रहेको छ ।