‘बी’ डिभिजन लिग फुटबल सुरु

‘बी’ डिभिजन लिग फुटबल सुरु

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ २५, २०७५

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लबले सहभागिता जनाएका छन् । प्रतियोगितामा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गर्नेछन् । 

लिगको विजेताले आठ लाख रूपैयाँ पाउने छ । उपविजेताले पाँच लाख, तेस्रो हुनेले तीन लाख र चौथो हुने टोलीले दुई लाख रूपैयाँ पाउनेछन् । लिग रेलिगेसनबिनाको हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभएको खबर राससमा छ ।