शशि थरूरको ट्विट, भारतीय राष्ट्रिय कांग्रेसको आत्मसमीक्षा लागि आह्वान

शशि थरूरको ट्विट, भारतीय राष्ट्रिय कांग्रेसको आत्मसमीक्षा लागि आह्वान

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १९, २०७६

भारतीय राष्ट्रिय काँग्रेसको  नेतृत्व अक्षमता र आन्तरिक विवाद साम्य हुनु को सट्टा झन् झन् चुलिँदै गइरहेको  छ। वरिष्ठ काँग्रेसी नेता शशि थरूरले  आफ्नो ट्विट मार्फत पार्टीलाई आत्मचिंतन (समीक्षा) गर्ने परामर्श दिएका छन्।

नयाँ दिल्ली ,एनआरएन । वरिष्ठ काँग्रेसी नेता शशि थरूरले एक पटक फेरी आफ्नो ट्विट मार्फत काङ्ग्रेसभित्र तरङ्ग ल्याइदिएका छन्।  आफ्नो स्पष्ट अभिव्यक्तिका  कारण  पार्टीभित्र आलोचित भई रहने थरूरले यस पटक पार्टी नेतृत्व  कै आलोचना गर्दै पार्टीले आत्मचिंतन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

उनले आफ्नो ट्विटमा लेखेका छन् -'हाम्रो सिद्धान्त आफ्नो कमी/ कमजोरी केलाउनमा केन्द्रित हुनुपर्छ । हामीले यो बुझ्न नितान्त आवश्यक छ, मानिसले नरेन्द्र मोदीलाई भोट किन हालेँ ?'

थरूरले ४ सेप्टेम्बरमा ट्विट गर्दै काँग्रेसी नेतागणलाइ पार्टीभित्रको कमी कमजोरीबारे स्मरण गराउँदै लेखेका छन् - हामी सबैले यसबारे गहन मन्थन गर्न नितान्त आवश्यक छ । जनताले मोदीलाई किन रोजे ? हाम्रो काँग्रेस पार्टीले २०१४ को आम निर्वाचनमा मात्र १९ प्रतिशत भोट हासिल गर्न सक्यो । २०१९ को निर्वाचनमा पनि हाम्रो स्थितिमा कुनै सुधार हुन सकेन। हाम्रो पार्टीको भोट  १९ प्रतिशत कै हाराहारीमा सीमित रह्यो । यी दुवै चुनावमा भाजपाले राम्रो प्रदर्शन गर्‍यो । भाजपाको भोट २०१४ मा ३१ प्रतिशत थियो भने २०१९ मा यो बढेर ३७ प्रतिशत हुन पुग्यो। यो भोट  काहिं बाहिरबाट आएको होइन , विगतमा हाम्रो पार्टीलाई भोट गर्ने अधिकांश  मतदाताले भाजपालाइ भोट हालेका  हुन  ।

थरूरले पार्टी नेतृत्वलाई सल्लाह दिँदै लेखे - जबसम्म तपाईँ यो बुझ्नु हुन्न ,मानिसले काँग्रेसको साथ किन  छाड़ें ,तपाईँ उनीहरूलाई  कसरी फर्काउन सक्नुहुन्छ रु म नरेन्द्र मोदीको गुणगान गरिरहेको छैन । यति मात्र भन्न खोजिरहेको छु,आउनुस् चिन्तन गरौँ, मतदातालाई मोदीको कुन कुराले आकृष्ट गर्‍यो,जे उनीहरूले   भाजपाको पक्षमा चर्को मतदान गरे । हामीले आत्म मन्थन गर्ने आवश्यकता अनिवार्य भएको छ ,हामी विगतमा भएका राम्रा/ नराम्रा दुवै पक्ष माथि विचार गरौँ । आफ्ना विफलता र अक्षमताका कारण पत्ता लगाई पार्टीलाई सुदृढ बनाउन्न   अग्रसर बनौँ।

यसभन्दा पहिला वरिष्ठ काँग्रेस नेता जयराम रमेशले पनि पार्टी नेतृत्वको आलोचना गर्दै पार्टीले आत्मसमिक्षा गर्नुपर्ने सुझाव दिएका थिए । काश्मीर प्रकरणपछि काङ्ग्रेसभित्र विचार र नेतृत्वको तीव्र सङ्कट देखा परेको छ । कैयन वरिष्ठ काँग्रेसी  नेताले पार्टी लाइन बाहिर गएर  काश्मीरबाट अनुच्छेद ३७० खारेजी समर्थन गरेका थिए ।