काठमाडौं : लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज भने सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रति तोला १०० रुपैयाँले घटेको छ ।
नेपाली बजारमा छापावाला सुनको मूल्य आज ७३ हजार ४०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । बुधबार छापावाला सुनको मूल्य प्रति तोला ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रति तोला ७३ हजार १०० रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
बुधबार तेजाबी सुन ७३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य सामान्य घटे पनि चाँदीको मूल्य भने यथावत रहेको छ । स्थानीय बजारमा आज चाँदीको मूल्य प्रति तोला ९४० रुपैयाँ मा कारोबार भइरहेको छ ।