चन्द्र यान- २,  चन्द्रमामा अवतरणकाे प्रत्यक्ष प्रसारण हुने

चन्द्र यान- २,  चन्द्रमामा अवतरणकाे प्रत्यक्ष प्रसारण हुने

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  भदौ १९, २०७६

काठमाडाैँ, एजेंसी । अंतरिक्ष विज्ञानंमा रूचि राख्ने र भारतीय चन्द्र अभियान- २ बारे  जिज्ञाशा राख्नेहरुले  अवतरणकाे प्रत्यक्ष  प्रशारण हेर्न पाउने अबसर पाउने भएका छन् ।

 भारतीय अंतरिक्ष एजेंसीको यस ऐतिहासिक उपलब्धिको प्रत्यक्ष प्रसारण हुने  व्यावस्था मिलाएकाे हाे । 

अमेरिकाको प्रसिद्द टेलिभिजन नेटवर्क नेशनल जियोग्राफिकले आफ्ना दर्शकलाई यो सुनौलो अवसर प्रदान लागेकाे हाे । 

भारतीय चन्द्र मिसन अब झण्डै अंतिम चरणमा पुगेको छ । इसरोले ४ सेप्टेम्बर बुधवार बिहान चन्दयानलाई सबैभन्दा तल्लो चन्द्र ऑर्बिटमा स्थापित गरेकाे थियो । 

७ सेप्टेम्बरमा चन्द्रयानले चन्द्र धरातलमा अवतरण  गर्ने कार्यक्रम रहेको छ ।

भारतीय चन्द्रयानकोअवतरण  संसार भरीका दर्शक सामु पुर्याउन नेशनल जियोग्राफिक च्यानलले प्रबन्ध मिलाएको छ । यस च्यानलले गर्ने प्रत्यक्ष प्रसारणबाट तपाई /हामीले यान चन्द्रमामा ओरलेको दृश्य हेर्न पाउने भएका छौ ।

भारतीय अंतरिक्ष अनुसन्धान केंद्र (इसरो)ले ६ सेप्टेम्बरको राति १२ बजेपछि (अर्थात ७ सेप्टेम्बर लाग्नसाथ) १ बजे देखि चन्द्रयानलाइ चन्द्रमामा अवतरण  गराउने प्रक्रिया थाल्नेछ । यानलाइ अवतरण  गराउन झण्डै २ घण्टा ३० मिनटको समय लाग्ने छ ।

भारत सरकारले दिएको जानकारीअनुसार प्रधानमंत्री नरेंद्र मोदी स्वयं बंगलुरुस्थित इसरोको नियंत्रण कक्षमा रहेर यानअवतरण गरेको प्रत्यक्ष हेर्ने छन ।

नेशनल जियोग्राफिकले भने ६ सेप्टेम्बरको राति ११ बजेर ३० मिनेटदेखि नै (अवतरण सुरु हुनुभन्दा झण्डै डेढ़ घण्टा पहिला) आफ्नो प्रसारण सुरु गर्ने छ । टिभी च्यानलले यस महत्वपूर्ण कार्यक्रममा (नासा) लगायत अन्य अंतरिक्ष एजेंसीका खगोलविद तथा अंतरिक्षयात्रीलाई विज्ञका रूपमा स्टूडियोमा आमंत्रित गरेर राख्ने भएको छ । उनीहरुले बीच-बीचमा आफ्ना अनुभव सुनाउने छन ।

प्राप्त जानकारीअनुसार त्यस दिन स्टूडियोमा प्रसिद्ध अंतरिक्ष यात्री जेरी लिनेनगर  (jerry linenger)  पनि हुने छन । जेरी अंतरिक्षमा भएको एउटा भयानक दुर्घटनाबाट जोगिन सफल रहेका थिए ।उनले आफ्नो जीवनकालका १४३ दिन अंतरिक्षमा बिताएका हुन । रूसको स्पेस स्टेशन मीरमा उनी लामो समयसम्म रहेका थिए । नेशनल जियोग्राफिक च्यानलका अतिरिक्त चन्द्र यानको अवतरणलाई हॉटस्टार (hotstar) मा पनि हेर्न सकिन्छ ।