काश्मीरको विषयलाई लिएर बेलायतमा प्रदर्शन, भारतीय उच्चायोगको भवनमा ढुङ्गा तथा अण्डा हानियो

काश्मीरको विषयलाई लिएर बेलायतमा प्रदर्शन, भारतीय उच्चायोगको भवनमा ढुङ्गा तथा अण्डा हानियो

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २०, २०७६

काठमाडौँ, एजेन्सी । काश्मीरको विषयलाई लिएर बेलायतमा प्रदर्शन शुरु भएको छ ।

प्रदर्शनकारीले भारतीय उच्चायोगको भवनलाई निशाना बनाएका थिए ।

प्रदर्शनकारिले उच्चायोग भवनमा अण्डा, टमाटर, धुवाँ बम तथा ढुङ्गा पनि हानेका छन् । पुलिसले यस सम्बन्धमा दुई जना प्रदर्शनकारीलाई गिरफ्तार पनि गरेको छ ।

यस भन्दा अघि १५ अगस्टमा पनि यस किसिमको प्रदर्शन भएको थियो । 

भारतीय उच्चायोगले प्रदर्शनको फोटो  ट्विट गर्दै लेखेको छ, लन्डनमा भारतीय उच्चायोगको अगाडी दोस्रो पटक हिंस्रक प्रदर्शन । 

केही ब्रिटिस लेबर सांसदको नेतृत्वमा ‘काश्मीर फ्रीडम मार्च’ निकालिएको छ, जो पार्लियामेन्ट स्क्वेयरदेखि उच्चायोगको भवनसम्म गएको थियो । 
पाकिस्तानी मूलका लन्डनका मेयर सादिक खानले भने प्रदर्शनको निन्दा गरेका छन् ।

उनले ट्विटमा, म यस प्रकारको अस्वीकार गर्ने व्यवहारको निन्दा गर्छु ।