२४ वर्षपछि २४ औँ कल ! जोस लोपेजको  परिवारसँग पुनर्मिलन

२४ वर्षपछि २४ औँ कल ! जोस लोपेजको  परिवारसँग पुनर्मिलन

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २०, २०७६

काठमाडौँ, एजेन्सी । अमेरिकाको न्यु जर्सी निवासी जोस लोपेजलाई २४ वर्ष पछि  पुलिसले गत अगस्टमा महिनामा  परिवारसँग पुनर्मिलन गराएको छ ।

यस अघि २४ वर्ष सम्म जोस लोपेजले  मानिसक सन्तुलन गुमाएर सडकमा गुजारे । उनीसँग बचेको सामाजिक सुरक्षाको पैसा पनि पछिल्लो महिना न्यु जर्सीको यात्रामा खर्च भयो । परिवार तथा अन्य सहायताका लागि उनी मायामी तथा फ्लोरिडाका स८कमा खुब भाैतािरए । तर पनि उनले लामो काेिशसले कोही आफन्तसँग सम्पर्क हुन सकेनन् ।

खिरमा पुलिसले २४ कल फोन गरेर उनको मद्दत गर्‍यो । जसका कारण २४ वर्ष पछि उनको परिवारसँग पुनर्मिलन भएकाे छ । 

न्यु जर्सीका ट्रान्जिट अफिसर जोसुआ रोबल्सले लोपेजलाई  रेलमा सुतिरहेको अवस्थामा भेटेका थिए । रोबल्सले लोपेजको स्थिति देखेर उनलाई सेक्यूकस जंक्शनमा उतारे । उनका बारेमा जानकारी मागे । तर, लोपेजले मानसिक अवस्थाका कारण धेरै कुरा  जानकारी दिन सकेनन् । उनलाई आफ्नो घरको बारेमा यति नै थाहा थियो कि कुनै समय उनी ब्रेडले बिचमा बस्थे । 

यसपछि पुलिसले आफ्नो सम्पर्क सूत्रको माध्यमबाट ब्रेडले बिच आसपासका मानिससँग लोपेजको परिवारका बारेमा जानकारी लिन थाल्याे । करिब २४ घरमा पुलिसले फोन ग्रयो तथा भ्वाइस मेल पठायो ।

यसपछि लोपेजको छोरीले भ्वाइस मेलको जवाफ दिइन् । त्यसपछि पुलिसले लोपेजलाई उनको परिवारसँग भेट गराउने  प्रबन्ध  मिलाएकाे थियाे ।

परिवारसँग भेट्नु भन्दा पहिले पुलिसले लोपेजलाई सैलुन लगेर कपाल काट्ने देखि नयाँ कपडा पनि किनिदिएको थियो ।

त्यसपछि मात्र लोपेजले आफ्नी छोरीसँग भेटे । परिवारसँग भेटेपछि लोपेजले भने, उनलाई उनी स्वर्गमा आइपुगेको जस्तो भएको छ ।

लोपेजको दुई छोरी क्रिस्टी र एंजेलाले उनीसँग अङ्कमाल गरे  तथा उनका नातिनातिना परिचित नभएका कारण हिचकिचाउँदै नजिकिए ।

पुलिसले लोपेजको मानसिक उपचारका लागि मानसिक अस्पतालमा नाम लेखाइ दिएको छ ।