यु-१९: नेपाल टस जितेर व्याटिङ गर्दै

यु-१९: नेपाल टस जितेर व्याटिङ गर्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २०, २०७६

एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपाल र घरेलु टोली श्रीलंकाबीचको खेल सुरु भएको छ । आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

सन् २०१७ को संस्करणको एसिया कपमा नेपालले भारतलाई समूह चरणमा १९ रनले हराएको थियो । कुनै पनि क्रिकेट खेलमा नेपालले भारतलाई पराजित गरेको त्यो नै पहिलो पटक हो । नेपालले श्रीलंकालाई भने हराउन सकेको छैन । 

यु–१९ एसिया कपको पछिल्लो ५ खेलमा नेपालले श्रीलंकालाई हराउन सकेको छैन । श्रीलंकासँगको अन्तिम खेलमा नेपाल १ रनले पराजित भएको थियो ।

सन् २०१६ को एसिया कपमा श्रीलंकाले दिएको २२७ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ३ बलमा २२६ रन बनाउँदा अल आउट भएको थियो ।