जिम्बाबेका पूर्वराष्ट्रपति मुगावेको निधन

जिम्बाबेका पूर्वराष्ट्रपति मुगावेको निधन

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २०, २०७६

काठमाडौं : जिम्बाबेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा निधन भएको छ ।

जिम्बाब्वे स्वतन्त्र भएपछिका पहिलो राष्ट्रपति मुगाबेको उपचारका क्रममा सिंगापुरमा निधन भएको हो

सन् २०१५ को नोभेम्बरमा सेनाले उनलाई अपदस्त गरेको थियो । तीन दशक शासन गरेका उनी केही महिनादेखि बिरामी परेपछि सिंगापुर गएका थिए।

मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा तत्कालीन रोडेसियामा भएको थियो । तत्कालीन सरकारको आलोचना गरेको भन्दै मुगाबेलाई सन् १९६४ मा मुद्दा नै दर्ता नगरी सिधै १० वर्षसम्म कारागारमा थुनिएको थियो ।