प्रति तोला १४ सय रुपैयाँ घट्यो सुन

प्रति तोला १४ सय रुपैयाँ घट्यो सुन

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २०, २०७६

काठमाडौं : लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्द्धमा भने केही ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । महासङ्घका अनुसार आज सुन तोलाको एक हजार ४०० र चाँदी प्रति तोला ४० रुपैैयांँले घटेको छ । स्थानीय बजारमा शुक्रबार छापावाला सुनको मूल्य ७२ हजार कायम गरिएको छ । 

बिहीबार छापावाला सुन प्रति तोला ७३ हजार ४०० रुपैयााँमा कारोबार भएको थियो । बिहीबार पनि छापावालाा सुन प्रति तोला १०० रुपैैैैयाँले घटेको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य ७१ हजार ७०० रुपैयाँ तोकिएको छ । बिहीबार तेजाबी सुन प्रति तोला ७३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य ९०० रुपैयाँँ कायम गरिएको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रति तोला ९४० रुपैैैयाँँमा खरिद बिक्री भएको थियो ।