विज्ञान चर्चा– पृथ्वी भन्दा ठुलो ज्वाला

विज्ञान चर्चा– पृथ्वी भन्दा ठुलो ज्वाला

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  माघ २५, २०७५

गोलो घेरा भित्रको रहस्य के हो  

माथिको तस्बिरमा सूर्यको जुन भाग घेराले देखाइएको छ । यो सूर्यबाट उछिट्टिएको सूर्यको भाग हो । यसलाई सौर ज्वाला  -SOLAR FLARE) भनिन्छ ।

सूर्यबाट दिनहुँ यस्ता ज्वाला निस्किएर अन्तरिक्षमा गइरहेका हुन्छन् । यो तस्बिर ६ डिसेम्बर सन् २०१२ का दिन ५ बजेर ५० मिनेट जाँदा ‘सोलार डायनेमिक्स अब्जरभेटरी’मा कैद गरिएको थियो ।

तपाईँलाई यो ज्वालाको आकारबारे पढ्दा विश्वास नलाग्न सक्छ ! विज्ञानमा रुचि हुने पाठक एवम् विज्ञान विषय पढी रहेका विद्यार्थी भाइ बहिनीहरूलाई हाम्रो पृथ्वीको आकारबारे भनिराख्नु पर्दैन । 

तस्बिरमा  देखिएको यो सौर ज्वालाको आकार यति ठुलो थियो कि यस भित्र पृथ्वी आकारका ८० भन्दा बढी संरचना अटाउन सक्थे । यसको आकार १० लाख किमि. सम्म फैलिएको थियो । 

श्रोत– विज्ञान विश्व